Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख ३०, २०८३ मा प्रकाशित

विराटनगर — नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। विराटनगरमा सम्पन्न उक्त कार्यक्रममा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।

मानवीय सेवा, स्वास्थ्य सचेतना तथा सामाजिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको थियो। कार्यक्रममा कुल १७८ जनाले सेवा लिएका थिए। तीमध्ये ६५ जनाले रक्तदान गरेका थिए भने १०९ जनाले आँखा परीक्षण तथा ४३ जनाले दन्त परीक्षण सेवा प्राप्त गरेका थिए।

कार्यक्रममा सहभागीहरूलाई निःशुल्क रूपमा आँखा तथा दाँत परीक्षण सेवा उपलब्ध गराइएको थियो। स्वास्थ्य परीक्षणमार्फत सर्वसाधारणलाई प्रारम्भिक स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुका साथै समयमै उपचारतर्फ सचेत गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

नेपाल बीमा प्राधिकरणले वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक सेवासँग जोड्ने प्रयास गर्दै आएको जनाएको छ। प्राधिकरणका अनुसार यस्ता कार्यक्रमले समुदायसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश, हिमाल आँखा अस्पताल तथा शान्ति फर्मेसी एण्ड डेन्टल क्लिनिक विराटनगरले सहकार्य गरेका थिए। सहभागीहरूले यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुगेको प्रतिक्रिया दिएका छन्।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख ले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले स्वास्थ्य, मानवीय सेवा र सामाजिक सहकार्यलाई प्रवर्द्धन गर्ने यस्ता अभियानले संस्थाप्रति जनविश्वास थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.