Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पाँचथरका ६ विद्यालयको एसईई नतिजा शून्य, शिक्षा गुणस्तरमाथि गम्भीर प्रश्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख ३१, २०८३ मा प्रकाशित

पाँचथर — हालै सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाले पाँचथर जिल्लाको शैक्षिक अवस्था फेरि एकपटक चर्चामा ल्याएको छ। जिल्लाका छ वटा विद्यालयबाट सहभागी भएका कुनै पनि विद्यार्थी उत्तीर्ण हुन नसकेपछि स्थानीय तहदेखि शिक्षा सरोकारवालासम्म चिन्ता व्यक्त हुन थालेको छ। यस वर्ष एक संस्थागतसहित पाँच सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो।

शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका अनुसार जिल्लाभर नियमिततर्फ दुई हजार ९९ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। तीमध्ये एक हजार ३४ जना मात्रै ‘ग्रेडेड’ हुन सफल भएका छन्, जुन कुल परीक्षार्थीको करिब ४९ प्रतिशत हो। प्राविधिक धारतर्फ भने १२२ जना सहभागीमध्ये ६२ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

फिदिम नगरपालिका–२ स्थित कालिका माध्यमिक विद्यालय साम्दिनबाट आठ जना विद्यार्थी परीक्षामा सहभागी भए पनि एक जना पनि उत्तीर्ण हुन सकेनन्। यो विद्यालयले गत वर्ष पनि शून्य नतिजा दिएको थियो। यस्तै, फाल्गुनन्द गाउँपालिका–३ स्थित सारताप मनरत्न माध्यमिक विद्यालयका २६ जना विद्यार्थीमध्ये एक जना पनि ग्रेडेड हुन सकेनन्।

मिक्लाजुङ गाउँपालिकाका खान्द्रोङ मावि, चन्द्रोदय मावि र माउण्ट कञ्चन बोर्डिङ स्कुलले पनि यस वर्ष कुनै विद्यार्थी उत्तीर्ण गराउन सकेनन्। त्यस्तै फालेलुङ गाउँपालिका–३ को सरस्वती मावि ताङलेपाबाट सहभागी चारै जना विद्यार्थी असफल भएका छन्।

शिक्षा क्षेत्रमा काम गर्ने सरोकारवालाहरूले ग्रामीण क्षेत्रमा शिक्षाको गुणस्तर कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। विद्यालयमा शिक्षक अभाव, नियमित अनुगमनको कमी, विद्यार्थीको कम उपस्थिति तथा शैक्षिक वातावरण कमजोर हुनु नतिजा खस्किनुको मुख्य कारण मानिएको छ।

यद्यपि जिल्लाका केही विद्यालयले भने उत्कृष्ट नतिजा निकाल्न सफल भएका छन्। हिलिहाङ गाउँपालिकाको नीलगिरि माविले १७ मध्ये १६ जना विद्यार्थी उत्तीर्ण गराएको छ भने फाल्गुनन्द गाउँपालिकाको सिद्धदेवी माविले ३२ मध्ये २९ जना विद्यार्थीलाई ग्रेडेड गराउन सफल भएको छ।

त्यसैगरी फिदिमस्थित ब्लुमिङ फ्लावर्स इङ्ग्लिस स्कुल र पाथीभरा इङ्ग्लिस बोर्डिङ स्कुलबाट सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन्। केही विद्यालयको राम्रो नतिजाले उचित व्यवस्थापन, नियमित अध्ययन र प्रभावकारी शिक्षण भएमा ग्रामीण क्षेत्रमै पनि सकारात्मक उपलब्धि हासिल गर्न सकिने संकेत गरेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन्।

याङवरक गाउँपालिका भने जिल्लामै सबैभन्दा कमजोर नतिजा निकाल्ने स्थानीय तहका रूपमा देखिएको छ। यहाँ सात विद्यालयबाट २४३ जना विद्यार्थी सहभागी भएकामा केवल ६५ जना मात्रै उत्तीर्ण भएका छन्, जुन करिब २६ प्रतिशत हो।

शिक्षाविद्हरूले अब विद्यालयको भौतिक पूर्वाधारभन्दा पनि शिक्षण पद्धति, शिक्षकको उत्तरदायित्व र विद्यार्थीको सिकाइ स्तर सुधारतर्फ ध्यान दिनुपर्ने बताएका छन्। कमजोर नतिजा आएका विद्यालयमा विशेष सुधार योजना लागू गर्नुपर्ने मागसमेत उठ्न थालेको छ।

एसईई नतिजाले पाँचथरको शिक्षा क्षेत्रमा देखिएको चुनौतीलाई उजागर गरेको भन्दै स्थानीय तह, विद्यालय प्रशासन र अभिभावकबीच समन्वय गरेर आगामी वर्ष सुधारको ठोस योजना आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.