Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बिर्तामोडमा मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिता सुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ १, २०८३ मा प्रकाशित

बिर्तामोड,। झापाको बिर्तामोडमा युवाहरूको खेल प्रतिभा उजागर गर्ने उद्देश्यसहित ‘दोस्रो मेयर कप अन्तर वडास्तरीय कराँते तथा किक बक्सिङ प्रतियोगिता–२०८३’ सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सञ्चालन गरिएको प्रतियोगिताले नगर क्षेत्रमा खेलकुद गतिविधिलाई थप सक्रिय बनाएको छ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा विशेष कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरिएको हो। कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले गर्नुभएको थियो।

जेठ १ र २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वटै वडाबाट खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। स्थानीय तहमा रहेका प्रतिभावान खेलाडीलाई पहिचान गरी राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको समितिको भनाइ छ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईंले खेलकुदले व्यक्तिलाई अनुशासित, जिम्मेवार र आत्मविश्वासी बनाउने बताउनुभयो। कराँते तथा किक बक्सिङ जस्ता मार्सल आर्ट्सका खेलले शारीरिक क्षमता मात्र नभई मानसिक दृढता समेत विकास गर्ने उहाँको भनाइ थियो। खेलमा हार–जित स्वाभाविक भए पनि साहस र अनुशासन नै सफलताको मुख्य आधार हुने उहाँले उल्लेख गर्नुभयो।

नगर खेलकुद विकास समितिका सदस्य रमेश उप्रेतीले वडास्तरबाटै उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार आत्मरक्षा तथा स्वस्थ जीवनशैलीका लागि कराँते र किक बक्सिङको महत्व दिनप्रतिदिन बढ्दै गएको छ।

त्यसैगरी नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्काले स्थानीय सरकारद्वारा खेलाडीको क्षमता अभिवृद्धि र खेल क्षेत्रको विकासका लागि निरन्तर प्रतियोगिता सञ्चालन हुँदै आएको बताउनुभयो। यस्ता गतिविधिले युवालाई सकारात्मक दिशातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको धारणा थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेले नगद ५० हजार रुपैयाँ, द्वितीय हुनेले २५ हजार रुपैयाँ र तृतीय स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैगरी महिला र पुरुषतर्फ उत्कृष्ट प्रदर्शन गर्ने एक–एक जना खेलाडीलाई ‘बेस्ट फाइटर’ घोषणा गर्दै जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

नगर खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन समितिका सचिव विशन लिम्बूले गर्नुभएको थियो।

करिब ६ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताले बिर्तामोडमा खेलकुद गतिविधि थप उत्साहपूर्ण बनाएको आयोजकको विश्वास छ।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.