Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

महाभारतमा कफी खेती विस्तार अभियान, सात हजार नजिक बिरुवा किसानलाई वितरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३, २०८३ मा प्रकाशित

काभ्रेपलाञ्चोक, — काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने महाभारत गाउँपालिकामा कफी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। यही आकर्षणलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस वर्ष वडा नम्बर ६ का ७१ परिवारलाई करिब सात हजार कफीका बिरुवा वितरण गरेको छ।

गाउँपालिकाले सञ्चालन गर्दै आएको “जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० रुपैयाँको प्रोत्साहन” अभियानलाई निरन्तरता दिँदै किसानलाई बिरुवा उपलब्ध गराइएको हो। कृषि तथा पशुपन्छी शाखाले गरेको फिल्ड अनुगमनका आधारमा खनिएका खाडलअनुसार ६ हजार ८०० बिरुवा वितरण गरिएको जनाएको छ।

स्थानीय किसानबाट करिब १३ हजार बिरुवाको माग आए पनि पर्याप्त बिरुवा उपलब्ध हुन नसक्दा सबै माग पूरा गर्न नसकिएको वडा अध्यक्ष रमेश लुङ्गेलीले जानकारी दिए। उनका अनुसार पछिल्ला वर्षहरूमा कफी खेती आम्दानीको भरपर्दो माध्यम बन्न थालेपछि किसानको रुचि उल्लेख्य रूपमा बढेको हो।

महाभारत गाउँपालिकाले कफीलाई व्यावसायिक खेतीका रूपमा विकास गर्न आधुनिक कृषि प्रविधिसहित विभिन्न सामग्री वितरण गर्दै आएको छ। किसानलाई उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले बर्सेनि बिरुवा, कृषि औजार तथा प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको गाउँपालिकाको भनाइ छ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार कफी खेतीलाई स्थानीय आर्थिक विकासको मुख्य आधारका रूपमा अघि बढाइएको छ। उनले किसानलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन क्षमता वृद्धि गर्ने लक्ष्य राखिएको बताए।
हाल गाउँपालिकाभित्र करिब एक हजार ४३३ रोपनी क्षेत्रफलमा कफी खेती भइरहेको छ भने व्यावसायिक रूपमा कफी उत्पादन गर्ने किसानको संख्या करिब एक हजार २०० पुगेको जनाइएको छ।

परम्परागत खेती प्रणालीबाट हट्दै किसानहरू अहिले कफीतर्फ आकर्षित हुन थालेका छन्। मकै, कोदो लगायतका बालीभन्दा कफी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि धेरै किसानले व्यावसायिक रूपमा खेती विस्तार गरिरहेका छन्।
वडा नम्बर ५ का किसान सुवास जिम्बाका अनुसार केही किसानले वार्षिक पाँच लाखदेखि १२ लाख रुपैयाँसम्म कफी बिक्रीबाट आम्दानी गर्दै आएका छन्। बजार पहुँच विस्तार हुँदै जाँदा कफी खेतीप्रति झन् उत्साह बढेको उनको भनाइ छ।

गाउँपालिकाले उत्पादनका आधारमा प्रतिकिलो २० रुपैयाँसम्म अनुदानसमेत उपलब्ध गराउँदै आएको छ। विगत १२ वर्षदेखि कफी खेती गर्दै आएका किसान बाबुलाल घलानले स्थानीय सरकारको सहयोगले खेती विस्तार गर्न सहज भएको बताए।

डाँडापारिमा स्थापना गरिएको पल्पिङ सेन्टरले किसानलाई थप राहत दिएको छ। किसानले प्रशोधनअघि नै बोक्रा हटाएर कफी बिक्री गर्दा प्रतिकिलो ५०० देखि ६०० रुपैयाँसम्म मूल्य पाउने गरेका छन्।

स्थानीय कृषकका अनुसार एकपटक रोपिएको कफीको बिरुवाले झण्डै ५० वर्षसम्म उत्पादन दिने क्षमता राख्छ। एक रोपनी जमिनबाट वार्षिक २५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने भएकाले महाभारत क्षेत्रमा कफी खेती भविष्यको आर्थिक आधार बन्न सक्ने विश्वास गरिएको छ।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.