Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

तेजस्वी सहकारीको सदस्य शिक्षा कार्यक्रम सम्पन्न, बचत व्यवस्थापन र वित्तीय सचेतनामा जोड

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ९, २०८३ मा प्रकाशित

विराटनगर । तेजस्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगर–५ त्रिमूर्ति चोकको आयोजनामा सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य सदस्यहरूलाई सहकारी प्रणाली, बचतको सुरक्षित उपयोग तथा वित्तीय सचेतनाबारे जानकारी गराउनु रहेको थियो।

कार्यक्रममा सहभागी सदस्यहरूलाई सहकारीमार्फत गरिने आर्थिक कारोबारलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक आधारभूत ज्ञान प्रदान गरिएको थियो। साथै बचतलाई सही तरिकाले उपयोग गर्ने उपाय, वित्तीय अनुशासनको महत्व तथा सहकारीसम्बन्धी प्रचलित ऐन, नियम र कानुनी प्रावधानबारे विस्तृत जानकारी दिइएको थियो।

संस्थाका अध्यक्ष देवी प्रसाद चुडालले सहकारीको वर्तमान अवस्था, गतिविधि र उपलब्धिहरूबारे जानकारी दिँदै संस्थामा हाल ७१८ जना शेयर सदस्य आवद्ध रहेको बताए। उनका अनुसार संस्थाको कुल बचत रकम हाल ९ करोड ५६ लाख रुपैयाँ पुगेको छ। उनले सदस्यहरूको निरन्तर विश्वास र सक्रिय सहभागिताका कारण सहकारी सुदृढ हुँदै गएको उल्लेख गरे।

कार्यक्रममा लेखा समिति संयोजक मणीराज प्रसाईं तथा सहकारीका सल्लाहकार केदार कार्कीले सहकारीको पारदर्शिता, उत्तरदायित्व र सदस्यको भूमिकाबारे आफ्नो धारणा प्रस्तुत गरे।

त्यसैगरी प्रशिक्षक गोमा सापकोटा र टंक प्रसाद गौत्तमले सहकारीमा नियमित बचत, वित्तीय अनुशासन र सक्रिय सहभागिताले व्यक्तिगत तथा सामुदायिक आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने बताएका थिए।

कार्यक्रममा सहभागी सदस्यहरूले सहकारीसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए भने प्रशिक्षकहरूले तिनको समाधानसमेत गरेका थिए।

सहकारीले यस्ता कार्यक्रमले सदस्यहरूलाई वित्तीय रूपमा सशक्त बनाउने र संस्थाप्रति विश्वास थप मजबुत हुने अपेक्षा गरिएको जनाएको छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.