Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण व्यवहारदेखि प्रयोगात्मक कक्षाको अभावसम्मका प्रश्न…

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ २०, २०८३ मा प्रकाशित

इलाम, मिति: २०८३/०२/२०। माइजोगमाइ रबिबजार न्युजद्वारा सञ्चालित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रम अन्तर्गत आज श्री सरस्वती माध्यमिक विद्यालय, सोयाङ्कमा विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय अवस्थाबारे अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूले विद्यालयमा रहेका विभिन्न समस्या र चुनौतीहरू खुलस्त रूपमा प्रस्तुत गरेका छन्।

कार्यक्रमका संयोजक पदम लिम्बुले विद्यालयका प्रधानाध्यापक टेकराज तामाङसँग अन्तरवार्ता लिनुभएको थियो। अन्तरवार्ताका क्रममा प्रधानाध्यापक तामाङले विद्यालयमा हाल १०७ जना विद्यार्थी अध्ययनरत रहेको, विषयगत शिक्षकहरूको व्यवस्था रहेको तथा सीमित स्रोतसाधनका बाबजुद विद्यालय सञ्चालन भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार विद्यालयमा खानेपानी व्यवस्थापनका लागि अभिभावक र स्थानीय समुदायको सहयोगमा करिब ३० हजार रुपैयाँ बराबरको लगानी गरी ट्यांकी निर्माण गरिनेछ। साथै विद्यार्थीहरूको गुनासो तथा सुझाव संकलन गर्न विद्यालयमा उजुरी पेटिका राख्ने तयारी भइरहेको पनि बताउनुभयो।

यद्यपि विद्यालयमा विज्ञान प्रयोगशाला प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको, कक्षा ९ र १० का विद्यार्थीहरूका लागि आवश्यक प्रयोगात्मक सामग्रीको अभाव रहेको तथा बिग्रिएका शैक्षिक सामग्री मर्मतका लागि पठाइए पनि हालसम्म फिर्ता नआएको कारण विद्यार्थीहरूले समस्या भोग्नुपरेको जानकारी दिइएको छ।

विद्यार्थीहरूले कार्यक्रममा उठाएका प्रमुख समस्यामध्ये विज्ञान विषयको प्रयोगात्मक कक्षा नियमित रूपमा सञ्चालन नभएको, खानेपानीको अभावका कारण घरबाटै पानी बोकेर विद्यालय आउनुपर्ने बाध्यता रहेको, दैनिक पठनपाठन अवधि पर्याप्त नभएको तथा केही शिक्षकहरूको व्यवहारप्रति असन्तुष्टि रहेको विषय उल्लेखनीय रहेका छन्। केही विद्यार्थीहरूले शिक्षकबाट हेर्ने दृष्टिकोण र व्यवहारमा विभेद महसुस गरेको गुनासो समेत गरेका छन्।

अनुगमनका क्रममा विद्यालयमा १२ वटा कम्प्युटर र ल्यापटप , एक प्रोजेक्टर तथा कम्प्युटर प्रयोगशाला रहेको पाइए पनि डेल कम्पनीका चार वटा कम्प्युटर बिग्रिएको अवस्थामा रहेका छन्। विज्ञान प्रयोगशाला गत मंसिर–पुस महिनादेखि बन्द रहेको जानकारी प्राप्त भएको छ।

विद्यालय परिसरको सुरक्षाका लागि स्थानीयवासीहरूको निरन्तर सहयोगमा विगत तीन वर्षदेखि घेराबार निर्माण कार्य भइरहेको छ। शौचालयतर्फ पुरुष शौचालयको सरसफाइ कमजोर देखिएको भए पनि महिला शौचालयको अवस्था सन्तोषजनक रहेको पाइएको छ। पुस्तकालयभित्रको व्यवस्थापन राम्रो भए पनि भवनको टिनको छाना मर्मत आवश्यक रहेको देखिएको छ।

कार्यक्रममा सहभागीहरूले विद्यालयका वास्तविक समस्या सार्वजनिक गर्न तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका छन्। साथै शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सुधारका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन्।

रबिबजार न्युजद्वारा सञ्चालित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रमले विद्यालयको वास्तविक अवस्था उजागर गर्दै शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि तथा समस्याको समाधानतर्फ सम्बन्धित निकायलाई जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ रहेको छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9000

इलाम सिरिसे माध्यमिक विद्यालयका वास्तविक समस्या बारे र गुणस्तर...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.