Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैदान, प्रयोगशाला र पूर्वाधार सुधारको माग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ २२, २०८३ मा प्रकाशित

इलाम, माइजोगमाई ।
माइजोगमाई गाउँपालिका–१, प्रेमेजुङस्थित श्री शिवमाई माध्यमिक विद्यालय मा रबिबजार न्युजद्वारा सञ्चालित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रम अन्तर्गत विद्यार्थीहरूसँग अन्तरक्रिया तथा विद्यालयको स्थलगत अनुगमन गरिएको छ।

कार्यक्रमका संयोजक पदम लिम्बुसँग भएको खुला संवादमा विद्यार्थीहरूले विद्यालयमा देखिएका विभिन्न समस्या, गुनासा तथा सुधारका अपेक्षाबारे खुलेर आफ्ना धारणा राखेका थिए। कार्यक्रममा विद्यार्थीहरूले शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापसँग सम्बन्धित विभिन्न विषय उठाएका थिए।

विद्यार्थीहरूले उठाएका प्रमुख गुनासा

१. अभिभावकको गुनासो विद्यालयसम्म पुग्ने गरेको विद्यार्थीहरूका अनुसार उनीहरूका अभिभावकहरू पनि बेला–बेलामा आफ्ना गुनासा तथा सुझाव लिएर विद्यालय आउने गरेका छन्। विद्यालय व्यवस्थापनले यस्ता विषयलाई अझ गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने उनीहरूको भनाइ थियो।

२. कम्प्युटर प्रयोगशालाको अवस्था कमजोर विद्यालयमा जम्मा ६ वटा कम्प्युटर रहे पनि तीमध्ये ३ वटा मात्र सञ्चालन अवस्थामा रहेको विद्यार्थीहरूले बताएका छन्। बाँकी कम्प्युटर बिग्रिएका कारण सूचना तथा प्रविधि शिक्षामा समस्या भइरहेको उनीहरूको गुनासो थियो।

३. विज्ञान प्रयोगशालामा सामग्रीको अभाव विज्ञान विषयको प्रयोगात्मक शिक्षाका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध नभएको प्रधानाध्यापकले जानकारी दिएका छन्। पर्याप्त उपकरण नहुँदा प्रयोगात्मक अध्ययन प्रभावित भइरहेको उहाँले बताएकाछ ।

४. पुस्तकालय सुधारको आवश्यकता विद्यालयमा पुस्तकालय भए पनि आवश्यक सन्दर्भ सामग्री तथा पुस्तकहरूको अभाव रहेको विद्यार्थीहरूले बताएका छन्। पुस्तकालयलाई थप व्यवस्थित र समृद्ध बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

५. एसईई नतिजा विद्यार्थीहरूले दिएको जानकारीअनुसार विद्यालयको पछिल्लो एसईई परीक्षामा सहभागी विद्यार्थीमध्ये करिब ५० प्रतिशत उत्तीर्ण भएका थिए भने बाँकी विद्यार्थी हाल अध्ययनरत रहेका छन्। नतिजा सुधारका लागि थप शैक्षिक गतिविधि आवश्यक रहेको धारणा व्यक्त गरिएको छ।

६. खेलकुद मैदानको समस्या विद्यार्थीहरूले सबैभन्दा बढी उठाएको विषय खेलकुद मैदानको अभाव रहेको थियो। विद्यालयको आफ्नै पर्याप्त खेलमैदान नभएकाले खेल गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको उनीहरूको भनाइ छ।

भलिबल खेल्नका लागि विद्यालय परिसरभित्र रहेको मैदान सानो भएको र बाहिरी व्यक्तिहरूले पनि प्रयोग गर्ने गरेका कारण विद्यार्थीहरूले पर्याप्त समय नपाउने गुनासो गरेका छन्। विद्यालयबाट करिब १० मिनेट टाढा पुगेर खेल्नुपर्ने बाध्यता रहेको समेत उनीहरूले बताएका छन्।
विद्यार्थीहरूले खेलकुद गतिविधि व्यवस्थापनमा शिक्षकहरूले प्रभावकारी समन्वय गर्न नसकेको आरोप लगाउँदै सयौं विद्यार्थीको सहभागिता सुनिश्चित हुने वातावरण बनाउन माग गरेका छन्।

७. खानेपानीको अभाव विद्यालयमा खानेपानीको पर्याप्त व्यवस्था नभएकाले धेरै विद्यार्थीले घरबाटै पानी बोकेर ल्याउनुपर्ने अवस्था रहेको बताएका छन्। बिरामी पर्दा समेत तातोपानी पिउन नपाउने अवस्था रहेको तर शिक्षकहरूलाई भने यस्तो सुविधा उपलब्ध हुने गरेको गुनासो विद्यार्थीहरूले गरेका छन्।

८. खेलकुदमा लैङ्गिक समानताको प्रश्न केही विद्यार्थीहरूले खेलकुद गतिविधिमा छात्रको तुलनामा छात्राहरूलाई कम अवसर तथा प्राथमिकता दिइएको महसुस भएको बताएका छन्। सबै विद्यार्थीलाई समान अवसर उपलब्ध गराउन विद्यालय प्रशासनलाई आग्रह गरिएको छ।

९. बनभोज तथा शैक्षिक भ्रमण सम्बन्धी जिज्ञासा विद्यार्थीहरूले विद्यालयमा बनभोज, शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलापका लागि बजेट छुट्याइएको छ वा छैन भन्ने विषयमा स्पष्ट जानकारी नपाएको बताएका छन्। यस्ता कार्यक्रम सञ्चालनका विषयमा विद्यालयले पारदर्शी जानकारी दिनुपर्ने माग गरिएको छ।

१०. कक्षाकोठामा विद्युत् सुविधाको अभाव विद्यालयका केही कक्षाकोठामा अझै पनि विद्युत् बत्तीको व्यवस्था नभएको विद्यार्थीहरूले बताएका छन्। यसले अध्ययन–अध्यापनमा असर परेको उनीहरूको भनाइ छ।

विद्यालयको स्थलगत अनुगमनमा देखिएका अवस्था

सूचनाको हक सम्बन्धी कार्यक्रम अन्तर्गत रबिबजार न्युजको टोलीले विद्यालयका विभिन्न विभाग तथा संरचनाको स्थलगत अवलोकन तथा अनुगमन समेत गरेको थियो।

पुस्तकालय

अनुगमनका क्रममा पुस्तकालयमा आवश्यक पुस्तक तथा सन्दर्भ सामग्रीको अभाव देखिएको टोलीले जनाएको छ। विद्यार्थीको आवश्यकता अनुसार पुस्तक संख्या पर्याप्त नभएको पाइएको छ।

कम्प्युटर तथा ल्यापटप

विद्यालयमा रहेका कम्प्युटरमध्ये ३ वटा मात्र सञ्चालन अवस्थामा रहेको र ४ वटा बिग्रिएको अवस्थामा भेटिएको छ। त्यस्तै विद्यालयमा रहेका ३ वटा ल्यापटप भने सञ्चालनयोग्य अवस्थामा रहेको पाइएको छ।

विज्ञान प्रयोगशाला

विज्ञान प्रयोगशालामा आवश्यक सामग्रीको अभाव देखिएको छ। विद्यालय प्रधानाध्यापकका अनुसार आर्थिक स्रोतको कमी तथा सम्बन्धित निकायबाट पर्याप्त सहयोग नपाउँदा प्रयोगशाला पूर्ण रूपमा व्यवस्थित गर्न नसकिएको अवस्था रहेको छ।

शौचालयको अवस्था

महिला शौचालयमा पानीको व्यवस्था सन्तोषजनक देखिए पनि पुरुष शौचालय सरसफाइको अभावका कारण फोहोर अवस्थामा रहेको पाइएको छ। यसतर्फ विद्यालय प्रशासनले तत्काल ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

भवन निर्माण कार्य

विद्यालय परिसरमा भवन निर्माण कार्य जारी रहेको पाइएको छ। निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई थप सहज वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ।

साना कक्षाका विद्यार्थीका लागि फर्निचर समस्या

अनुगमनका क्रममा साना कक्षाका विद्यार्थीहरूलाई बोर्ड तथा डेस्क–बेन्चको अभाव रहेको देखिएको छ। पर्याप्त शैक्षिक सामग्री तथा फर्निचर नहुँदा अध्ययनमा असहजता भइरहेको पाइएको छ।

विद्यालयको भान्सा (किचन)

विद्यालयको भान्साघरमा आवश्यक सामग्रीको अभाव देखिएको छ। विशेषगरी खानेपानीको समस्या रहेको पाइएको छ। पानी संकलनका लागि राखिएको हरियो ट्याङ्की लामो समयदेखि सरसफाइ नगरिएको अवस्थामा भेटिएको टोलीले जनाएको छ। यसले स्वास्थ्य तथा सरसफाइमा असर पार्न सक्ने भएकाले नियमित सफाइ र व्यवस्थापन आवश्यक रहेको सुझाव दिइएको छ।

उजुरी पेटी प्रयोगविहीन अवस्थामा भेटियो
विद्यार्थीहरूले आफ्ना गुनासा राख्न प्रयोग गर्ने उजुरी पेटी विद्यालयमा प्रयोगविहीन अवस्थामा भेटिएको छ। अनुगमनका क्रममा उक्त पेटी किचनको एक कुनाबाट फेला परेको थियो। प्रधानाध्यापकले समेत उजुरी पेटी कहिले र कहाँ राखिएको थियो भन्ने जानकारी आफूलाई नभएको बताएका छन्।

निष्कर्ष

विद्यार्थीसँग गरिएको अन्तरक्रिया र विद्यालयको स्थलगत अवलोकनबाट शिवमाई माध्यमिक विद्यालयमा खानेपानी, खेलमैदान, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, पुस्तकालय, सरसफाइ र भौतिक पूर्वाधारका क्षेत्रमा सुधारको आवश्यकता देखिएको छ। विद्यार्थीहरूले उठाएका गुनासा तथा सुझावलाई विद्यालय प्रशासन, स्थानीय तह र सम्बन्धित निकायले गम्भीरतापूर्वक सम्बोधन गरेमा विद्यालयको शैक्षिक गुणस्तर तथा अध्ययन वातावरण थप प्रभावकारी बन्न सक्ने देखिन्छ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.