Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलाम, श्री आदरणीय माध्यमिक विद्यालयको अनुगमन, विद्यालयका विभिन्न समस्या उजागर

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ २८, २०८३ मा प्रकाशित

इलाम, सन्दकपुर “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रम अन्तर्गत रबिबजार न्युजको टोलीले इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–१, माईपोखरी, छाँगेस्थित श्री आदरणीय माध्यमिक विद्यालय को स्थलगत अनुगमन तथा अवलोकन गरेको छ। अनुगमनका क्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, प्रयोगशाला, पुस्तकालय, खानेपानी, शौचालय तथा अन्य सेवा–सुविधाको अध्ययन गरिएको थियो।

यस अवसरमा विद्यालयका प्रधानाध्यापक श्री धनकुमार राई सँग पत्रकार पदम लिम्बुले अन्तरवार्ता समेत गरेका थिए। प्रधानाध्यापक राईले विद्यालयमा विभिन्न चुनौतीहरू रहे पनि शिक्षक तथा कर्मचारीको सहयोगमा विद्यालयलाई अगाडि बढाइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार विद्यालयको नियमित अनुगमन भइरहेको भए पनि विद्यालयका केही समस्याहरू सम्बन्धित निकायसम्म पुगेर पनि आवश्यक सुनुवाइ हुन सकेको छैन। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा २० जना विद्यार्थी सहभागी भएको र करिब ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका जानकारी दिँदै उहाँले आगामी वर्ष अझ राम्रो नतिजा ल्याउन विशेष योजना बनाइएको बताउनुभयो।

प्रधानाध्यापक राईले अभिभावकहरूको सहभागिता पनि अपेक्षाअनुसार हुन नसकेको गुनासो गर्नुभयो। अभिभावक बैठकमा धेरैजसो अभिभावक उपस्थित नहुने तर पछि आउने भन्दै आलटाल गर्ने प्रवृत्तिले विद्यालयको शैक्षिक सुधार अभियानमा असर परेको उहाँको भनाइ छ।

विद्यालयमा खानेपानीको व्यवस्था भए पनि शुद्ध खानेपानीको अभाव रहेको र पानी शुद्धीकरणका लागि फिल्टर आवश्यक रहेको उहाँले बताउनुभयो। खानेपानीको पाइप बिग्रिए वा चुहावट भएमा आफैँ मोटरसाइकलमा प्राविधिक लिएर मर्मत गर्न जाने गरेको अनुभव पनि उहाँले सुनाउनुभयो।

त्यसैगरी विद्यालयका डेस्क र बेन्चहरू बिग्रिएमा आफैँ मर्मत गर्ने, विद्यालय परिसरमा निर्माणाधीन पर्खालका लागि शिक्षक तथा कर्मचारीसँगै ढुङ्गा बोक्ने लगायतका काममा पनि सक्रिय रूपमा सहभागी हुने गरेको उहाँले बताउनुभयो। स्वास्थ्य अवस्था प्रतिकूल हुँदा पनि विद्यार्थी र विद्यालयको हितलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उहाँको भनाइ छ।

विद्यालयमा वार्षिक रूपमा करिब एक लाख रुपैयाँको बजेट प्राप्त हुने भए पनि त्यो रकमले सबै आवश्यक काम सम्पन्न गर्न कठिन हुने प्रधानाध्यापक राईले बताउनुभयो। कम्प्युटर शिक्षाका लागि आवश्यक स्रोतसाधनको अभाव पनि विद्यालयको मुख्य समस्यामध्ये एक रहेको उहाँले उल्लेख गर्नुभयो।

विद्यालयले विद्यार्थीबाट सामान्य शुल्क स्वरूप मासिक १०० रुपैयाँ मात्र लिने गरेको छ। उहाँले देशमा निजी र सामुदायिक गरी दुई तहको शिक्षा प्रणालीभन्दा सबै अभिभावकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो।

उहाँका अनुसार यस विद्यालयमा आर्थिक अवस्था कमजोर भएका, कापी–कलम किन्न समेत कठिनाइ हुने तथा आमाबुबा नभएका वा अभिभावकविहीन बालबालिकाहरूको संख्या उल्लेखनीय रहेको छ।

अनुगमनका क्रममा देखिएका प्रमुख अवस्था

कम्प्युटर प्रयोगशाला

विद्यालयको कम्प्युटर प्रयोगशालामा जम्मा १७ वटा कम्प्युटर रहेका छन्। तर तीमध्ये ५ वटा मात्र सञ्चालनयोग्य अवस्थामा रहेको अनुगमन टोलीले पाएको छ।

पुस्तकालय

विद्यालयको पुस्तकालय सेवा गत वर्षदेखि सञ्चालनमा ल्याइएको भए पनि त्यसलाई अझ व्यवस्थित र स्रोतसम्पन्न बनाउन आवश्यक देखिएको छ।

विज्ञान प्रयोगशाला

विज्ञान प्रयोगशालामा चैत महिनायता नियमित प्रयोगात्मक कक्षा सञ्चालन हुन नसकेको पाइएको छ।

शौचालय

विद्यालयमा छात्राका लागि २ वटा शौचालय रहेका छन्। तर झ्यालको अभावका कारण गोपनीयता र सुरक्षासम्बन्धी समस्या देखिएको छ। साथै सरसफाइको अवस्था पनि सन्तोषजनक पाइएन।

छात्रका लागि ३ वटा शौचालय भए पनि ती केही फोहोर अवस्थामा रहेको पाइएको छ। महिला तथा पुरुष दुवै शौचालयको भित्र र बाहिर कागज, प्लास्टिक लगायतका फोहोरहरू व्यवस्थापन नभएको देखिएको छ।

खानेपानी

विद्यालयमा जम्मा ३ वटा धारा रहेका छन्। तीमध्ये एउटा धारामा पानी खोल्ने कल नै नभएको पाइएको छ।

विद्यालयको घेराबार

विद्यालयको अगाडिको भागमा घेराबार निर्माण भइरहेको भए पनि पछाडिको क्षेत्रमा घेराबार नभएकाले विद्यालयको सुरक्षा व्यवस्थामा चुनौती रहेको देखिएको छ।

निष्कर्ष

“सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रम अन्तर्गत गरिएको यस अनुगमनले स्थानीय विद्यालयका वास्तविक अवस्था सार्वजनिक गर्न महत्वपूर्ण भूमिका खेलेको र शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सुधारका लागि यस्ता अनुगमन तथा सार्वजनिक बहसले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

विद्यालयमा देखिएका समस्या समाधानका लागि सम्बन्धित सरकार र सरोकारवाला निकायले आवश्यक चासो र पहल गरून् भन्ने अपेक्षा गरिएको छ।”

 

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved