Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ २९, २०८३ मा प्रकाशित
  • इलाम, जेठ २८। इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–४, माबुस्थित श्री प्रबाेध माध्यमिक विद्यालयमा आज आयोजित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रममा विद्यार्थीहरूले विध्यालय रहेका शैक्षिक, भौतिक तथा व्यवस्थापकीय समस्याबारे खुलेर आफ्ना धारणा राखेका छन्।

रबिबजार न्युजद्वारा सञ्चालित उक्त कार्यक्रमले विद्यालयको वास्तविक अवस्था सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सुधारको आवश्यकतामाथि ध्यानाकर्षण गराएको छ।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले विज्ञान विषयको पढाइ सञ्चालन भइरहे पनि प्रयोगशाला सञ्चालन नभएको गुनासो गरेका छन्। विज्ञान शिक्षा सैद्धान्तिक ज्ञानमा मात्र सीमित हुँदा विद्यार्थीहरू व्यवहारिक सीपबाट बञ्चित भएको उनीहरूको भनाइ थियो। उनीहरूले यस विषयमा सम्बन्धित निकायले आवश्यक चासो र पहल गर्नुपर्ने माग गरेका छन्।

विद्यालयमा एकतर्फी घेराबाराकाे अभाव रहेकोे पाईयाे ।
त्यसैगरी, एसईई परीक्षाको नतिजा सन्तोषजनक हुन नसकेको भन्दै विद्यार्थीहरूले शैक्षिक गुणस्तर सुधारका लागि थप मेहनत आवश्यक रहेको बताएका छन्। प्राप्त विवरणअनुसार हालैको एसईई परीक्षामा दुई जना विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। यसले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षक, अभिभावक र सरोकारवाला निकायबीच थप समन्वय आवश्यक रहेको संकेत गरेको सहभागीहरूको भनाइ छ।

विद्यालयमा कम्प्युटर शिक्षा प्रभावकारी रूपमा सञ्चालन नभएको विषय पनि कार्यक्रममा प्रमुख रूपमा उठाइएको थियो। विद्यालयमा ११ वटा कम्प्युटर भए पनि पाँच वटा कम्प्युटर बिग्रिएको र नियमित कम्प्युटर कक्षा सञ्चालन हुन नसकेको विद्यार्थीहरूले बताएका छन्। सूचना तथा प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भए पनि पर्याप्त व्यवस्थापन नहुँदा विद्यार्थीहरू आधुनिक प्रविधि शिक्षाबाट अपेक्षित लाभ लिन नसकेको उनीहरूको गुनासो थियो।
विषय अनुसारको शिक्षकको आवश्यकता रहेको देखियो।

यसैगरी विद्यालयको सरसफाइ व्यवस्थापनमा पनि सुधारको आवश्यकता देखिएको छ। छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय भए पनि दुवै शौचालय फोहोर रहेको विद्यार्थीहरूले बताएका छन्। हात धुने साबुनको व्यवस्था भए पनि सरसफाइलाई अझ व्यवस्थित बनाउन नियमित अनुगमन र व्यवस्थापन आवश्यक रहेको उनीहरूको धारणा थियो।

बालमैत्री वातावरणका सन्दर्भमा विद्यालयमा साबुनको व्यवस्था भए पनि पर्याप्त पानीको अभाव रहेको समस्या औँल्याइएको छ। यसले विद्यार्थीहरूको दैनिक सरसफाइ र स्वास्थ्य सुरक्षामा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले आवश्यक सुधार गर्नुपर्ने सुझाव दिइएको छ।

विद्यालयको पुस्तकालय व्यवस्थापन भने तुलनात्मक रूपमा सन्तोषजनक रहेको सहभागीहरूले बताएका छन्। पुस्तकालयमा आवश्यक शैक्षिक सामग्री उपलब्ध रहेको तथा छात्राहरूका लागि आवश्यक सेनिटरी प्याडको व्यवस्था पनि गरिएको पाइएको छ, जसलाई सकारात्मक पक्षका रूपमा हेरिएको छ।

त्यस्तै, विद्यालयमा पर्याप्त र व्यवस्थित खेलमैदानको अभाव रहेको विषय पनि विद्यार्थीहरूले उठाएका छन्। खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेल पूर्वाधारको विकास आवश्यक रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा सहभागीहरूले यस्ता अनुगमन तथा सार्वजनिक सुनुवाइजस्ता गतिविधिले विद्यालयका वास्तविक समस्या सम्बन्धित निकायसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

रबिबजार न्युजद्वारा सञ्चालित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रमले स्थानीय विद्यालयहरूको वास्तविक अवस्था उजागर गर्दै शिक्षा क्षेत्रमा पारदर्शिता, सुधार र उत्तरदायित्व अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको निष्कर्ष रहेको छ। :::

ताजा समाचारहरु

IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
FB_IMG_1781188198970

सूर्योदयमा पत्रकारिता सीप अभिवृद्धि तालिम सम्पन्न, दक्ष सञ्चार...

  • जेष्ठ २८, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.