Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ २९, २०८३ मा प्रकाशित

इलाम, इलामको सन्दकपुर गाउँपालिका–२, माईमझुवामा रहेको श्री श्याम्बल माध्यमिक विद्यालयमा विभिन्न शैक्षिक तथा भौतिक समस्यासँग जुधिरहेको पाइएको छ। विद्यालयका प्रधानाध्यापक हिमालय नेउपाने सँग गरिएको अन्तरवार्तामा विद्यार्थी सङ्ख्या घट्नु, शिक्षक अभाव, कमजोर शैक्षिक नतिजा, अपर्याप्त स्रोतसाधन तथा स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको जस्ता विषयहरू सार्वजनिक भएका छन्।

प्रधानाध्यापक नेउपानेका अनुसार यस शैक्षिक सत्रमा विद्यालयमा गत वर्षको तुलनामा १३ जना विद्यार्थी घटेका छन्। ग्रामीण क्षेत्रबाट बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण तथा अन्य सामाजिक कारणले विद्यार्थी सङ्ख्या घट्दै गएको उहाँको भनाइ छ। विद्यार्थी सङ्ख्यामा आएको कमीले विद्यालयको समग्र शैक्षिक तथा आर्थिक व्यवस्थापनमा समेत असर परेको बताइएको छ।

विद्यालयमा हुने अनुगमन प्रभावकारी नभएको गुनासो पनि प्रधानाध्यापकले गर्नुभएको छ। उहाँका अनुसार सम्बन्धित निकायबाट बेला–बेलामा अनुगमन भए पनि विद्यालयले पटक–पटक जानकारी गराएका समस्या र आवश्यकतामाथि उचित सुनुवाइ र समाधानको पहल हुन सकेको छैन।

यस वर्षको एसईई परीक्षाको नतिजा पनि सन्तोषजनक हुन सकेन। परीक्षामा सहभागी १८ जना विद्यार्थीमध्ये ५ जना मात्र उत्तीर्ण भएका छन्। यस विषयमा प्रधानाध्यापक नेउपानेले अभिभावकको कमजोर सहभागितालाई एउटा प्रमुख कारणका रूपमा औँल्याउनु भयो। उहाँका अनुसार धेरैजसो अभिभावक आफ्ना छोराछोरीको अध्ययन अवस्था तथा विद्यालयका गतिविधिबारे नियमित जानकारी लिन विद्यालयमा आउने गरेका छैनन्। अभिभावकको सक्रिय चासो र सहकार्य भए शैक्षिक उपलब्धि सुधार गर्न सहज हुने उहाँको विश्वास छ।

विद्यालयले शैक्षिक सत्रको बीचमा तथा वार्षिक कार्यक्रमका अवसरमा अभिभावक भेला आयोजना गर्ने गरे पनि सीमित सङ्ख्यामा मात्र अभिभावक सहभागी हुने गरेका छन्। विद्यालय र अभिभावकबीचको सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक रहेको विद्यालयको धारणा छ।

विद्यालयको भौतिक पूर्वाधारतर्फ हेर्दा शौचालयमा नियमित रूपमा फिनेल प्रयोग गरिए पनि शौचालय पछाडिको फोहोर व्यवस्थापनमा कमजोरी रहेको स्वीकार गरिएको छ। सरसफाइ र वातावरणीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन र जनशक्तिको आवश्यकता रहेको बताइएको छ।

विद्यालयको पुस्तकालयमा अधिकांश पुराना पुस्तक मात्र उपलब्ध छन्। अभिभावकबाट सङ्कलन भएको आर्थिक सहयोगबाट नयाँ पुस्तक थप गर्ने योजना बनाइएको भए पनि विद्युत् आपूर्तिको समस्याले पुस्तकालय सञ्चालनमा कठिनाइ भइरहेको छ। विद्युत को अभावका कारण पुस्तकालयसँगै कम्प्युटर कक्षाको प्रभावकारी सञ्चालनमा समेत समस्या देखिएको छ।

विद्यालयमा रहेका कम्प्युटर तथा पुस्तकालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार र व्यवस्थापनको अभाव रहेको छ। हाल विद्यालयमा जम्मा ६ वटा कम्प्युटर रहेका छन्, जसमध्ये ४ वटा एडीबी खानेपानी आयोजनाको सहयोगमा प्राप्त भएका हुन्। तर आवश्यक शिक्षकको अभावका कारण कम्प्युटर शिक्षा प्रभावकारी रूपमा सञ्चालन हुन नसकी असार महिनादेखि संचालनको तयारीमा विद्यालयले जनाएको छ।

विद्यार्थीको स्वास्थ्य सुरक्षासँग सम्बन्धित सेनिटरी प्याड व्यवस्थापन पनि व्यवस्थित हुन सकेको छैन। प्याड व्यवस्थापनका लागि आवश्यक मेसिन उपलब्ध नभएकाले अस्थायी रूपमा दराजमा राखेर व्यवस्थापन गरिएको पाइएको छ।

विद्यालयमा कक्षा ४ देखि ८ सम्म सङ्गीत, स्वास्थ्य, शारीरिक शिक्षा तथा सिर्जनात्मक विषय अध्यापनका लागि आवश्यक शिक्षकको अभाव रहेको छ। यद्यपि विद्यार्थीलाई खेलकुद, सङ्गीत र कम्प्युटरलगायतका अतिरिक्त सीपमूलक गतिविधिमा सहभागी गराउन शिक्षकलाई तालिममा पठाउने कार्य भइरहेको प्रधानाध्यापक नेउपानेले जानकारी दिनुभयो। तर सिर्जनात्मक कार्यक्रम सञ्चालनका लागि आवश्यक जनशक्ति र स्रोतसाधन अझै अपर्याप्त रहेको उहाँको भनाइ छ।

खेलकुद सामग्रीका लागि हाल वडा कार्यालयबाट केही सहयोग प्राप्त भइरहेको भए पनि विद्यालयको आवश्यकताअनुसार पर्याप्त नभएको बताइएको छ। त्यसैगरी कक्षा ११ र १२ सञ्चालनका लागि आवश्यक वातावरण र स्रोतसाधन व्यवस्थापन गर्न विद्यालयलाई चुनौती थपिएको छ।

प्रधानाध्यापक नेउपानेका अनुसार स्थानीय सरकारले कक्षा १ देखि १२ सम्मका विद्यालयको व्यवस्थापन गर्ने नीति लिए पनि व्यवहारमा विद्यालय सञ्चालन गर्न निकै कठिन भइरहेको छ। आर्थिक अभावका कारण विद्यालयले देउसी–भैलो खेलेर समेत आर्थिक स्रोत जुटाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।

उहाँले विगत धेरै वर्षदेखि वडा तथा गाउँपालिकाबाट विद्यालयको प्रभावकारी अनुगमन र आवश्यक सहयोग पर्याप्त रूपमा हुन नसकेको गुनासो पनि गर्नुभयो। विज्ञान विषय अध्यापनका लागि आवश्यक सामग्री तथा दक्ष जनशक्तिको अभावले विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर परेको उहाँको भनाइ छ।

विद्यालयमा खानेपानीको सुविधा उपलब्ध रहेको र सबै शौचालयमा पानीको व्यवस्था गरिएको छ। साथै विद्यालयको सङ्ग्रहालय सामान्य अवस्थामा रहेको र त्यहाँ रहेका केही पोसाक तथा सामग्री ए.डी.बी.खानेपानी आयोजनाको सहयोगमा प्राप्त भएका हुन्।

समग्रमा, श्याम्बल माध्यमिक विद्यालयले विद्यार्थी सङ्ख्या घट्दै जानु, शिक्षक अभाव, कमजोर भौतिक पूर्वाधार, सीमित आर्थिक स्रोत र स्थानीय तहबाट अपेक्षित सहयोग नपाउनुजस्ता चुनौतीहरूको सामना गरिरहेको देखिन्छ। यी समस्याको समयमै समाधान गर्न सम्बन्धित निकाय, अभिभावक तथा स्थानीय समुदायको सक्रिय सहकार्य आवश्यक रहेको विद्यालय प्रधानाध्यापकले जनाएको छ।

ताजा समाचारहरु

IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0085

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
FB_IMG_1781188198970

सूर्योदयमा पत्रकारिता सीप अभिवृद्धि तालिम सम्पन्न, दक्ष सञ्चार...

  • जेष्ठ २८, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.