Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गुणस्तरीय शिक्षाको प्रयास, तर चुनौती अनेक

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३०, २०८३ मा प्रकाशित

इलाम, सन्दकपुर गाउँपालिका–५, जमुना, इलाम | मिति : २०८३/०२/२९

रबिबजार न्युजद्वारा सञ्चालित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रम अन्तर्गत सन्दकपुर गाउँपालिका–५, जमुनास्थित श्री भगवती माध्यमिक विद्यालय को स्थलगत अनुगमन तथा प्रधानाध्यापक धर्मेन्द्र कुमार चौहान सँग अन्तरवार्ता गरिएको छ। उक्त अन्तरवार्ता पत्रकार पदम लिम्बू ले लिनुभएको थियो।

अनुगमनका क्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, विद्यार्थी संख्या, शिक्षक व्यवस्थापन तथा विद्यालयले भोगिरहेका विभिन्न समस्याबारे विस्तृत जानकारी लिइएको थियो। सीमित स्रोतसाधनका बाबजुद विद्यालयले शैक्षिक गुणस्तर कायम राख्न निरन्तर प्रयास गरिरहेको देखिएको छ।

विद्यार्थी संख्या घट्नुको मुख्य कारण

प्रधानाध्यापक चौहानका अनुसार विद्यालयमा हाल जम्मा ९० जना विद्यार्थी अध्ययनरत छन्, अघिल्लो वर्षको तुलनामा चार जना विद्यार्थी घटेका छन्।

 

विद्यार्थी संख्या घट्नुका कारणबारे उहाँले भन्नुभयो,

“पहिलाजस्तो गाउँमा विद्यार्थी संख्या छैन। आर्थिक अवस्था राम्रो भएका अभिभावकहरू आफ्ना छोराछोरीलाई लिएर तराई तथा सहरका निजी विद्यालयमा पठाउने प्रवृत्ति बढेको छ। सामुदायिक विद्यालयमा अधिकांश आर्थिक रूपमा विपन्न परिवारका, अभिभावक गुमाएका वा आफन्तको घरमा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरू अध्ययनरत छन्।”

उहाँले थप्दै भन्नुभयो कि, सीमित स्रोतसाधन हुँदाहुँदै पनि विद्यालयले धेरै निजी विद्यालयभन्दा राम्रो शैक्षिक नतिजा ल्याउन सफल भएको र यसलाई विद्यालय परिवारले गर्वका रूपमा लिएको छ।

सामुदायिक विद्यालयमा लगानी कम, जिम्मेवारी बढी
प्रधानाध्यापक चौहानका अनुसार सामुदायिक विद्यालयमा निजी विद्यालयजस्तो अभिभावकको आर्थिक लगानी नहुने भए पनि विद्यार्थीको सिकाइ उपलब्धि सन्तोषजनक रहेको छ। उहाँले सामुदायिक विद्यालयको शैक्षिक स्तर अझ मजबुत बनाउन राज्यले आवश्यक लगानी र जनशक्ति उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

शिक्षक अभावले पठनपाठनमा असर

विद्यालयमा ११ जना शिक्षकले कक्षा १ देखि ११ सम्मको सम्पूर्ण शैक्षिक जिम्मेवारी सम्हाल्नुपरेको अवस्था रहेको छ। विषयगत शिक्षकको दरबन्दी पर्याप्त नहुँदा शिक्षकहरूलाई ठूलो चुनौती थपिएको प्रधानाध्यापक चौहानले बताउनुभयो।
विशेष गरी सूचना तथा सञ्चार प्रविधि (आईसीटी) र कम्प्युटर विषयका शिक्षकको अभाव रहेको कारण विद्यार्थीहरूले आधुनिक प्रविधिमैत्री शिक्षा प्राप्त गर्न कठिनाइ भोगिरहेका छन्।

उहाँले भन्नुभयो,

“शिक्षक दरबन्दी अभावका कारण हामीलाई निकै गाह्रो भएको छ। तर पनि विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर दुःख–सुख गरेर विद्यालय सञ्चालन गरिरहेका छौँ।”

शिक्षककै व्यक्तिगत सहयोगबाट विद्यालय सञ्चालन
प्रधानाध्यापक चौहानका अनुसार विद्यालय सञ्चालनका क्रममा आर्थिक अभाव हुँदा शिक्षकहरूले आफ्नै तलबबाट रकम संकलन गरेर आवश्यक खर्च व्यवस्थापन गर्ने गरेका छन्।

“हामी शिक्षकहरू मिलेर आफ्नै खल्तीबाट आर्थिक सहयोग गर्दै विद्यालय चलाइरहेका छौँ। यस्तो अवस्था लामो समयसम्म धान्न निकै कठिन भइरहेको छ।”

स्थानीय सरकारसँग विभिन्न माग, तर सुनुवाइको अभाव
विद्यालयले आवश्यक शैक्षिक सामग्री तथा भौतिक पूर्वाधारका लागि गाउँपालिका र वडा कार्यालयमा पटक–पटक माग राखेको जनाएको छ। विभिन्न प्रस्तावसमेत पेश गरिए पनि अपेक्षित रूपमा सुनुवाइ हुन नसकेको विद्यालय प्रधानाध्यापक चौहानका गुनासो छ।

छात्रामैत्री व्यवस्थापनमा चुनौती

विद्यालयमा प्रयोग गरिएका सेनेटरी प्याड सुरक्षित रूपमा व्यवस्थापन तथा डिस्पोज गर्ने स्थानको अभाव रहेको पाइएको छ। यसले छात्राहरूको स्वास्थ्य तथा सरसफाइ व्यवस्थापनमा समस्या सिर्जना गरेको विद्यालय प्रधानाध्यापक चौहानले बताउनुभएको छ ।

अनुगमनका क्रममा विद्यालयमा प्रयोगका लागि राखिएका सेनेटरी प्याडसमेत उपलब्ध रहेको र दुई बोरा मौज्दात रहेको पाइएको थियो।

प्रोजेक्टर र विज्ञान सामग्री प्रयोगविहीन

विद्यालयमा रहेका दुईवटा प्रोजेक्टर मर्मतका लागि पठाइएको लामो समय बितिसक्दा पनि फिर्ता नआएको जनाइएको छ। त्यसैगरी विज्ञान प्रयोगशालाका लागि ल्याइएका केही सामग्री बिग्रिएको अवस्थामा रहेको र सम्बन्धित निकायलाई जानकारी गराइसकिएको प्रधानाध्यापकले बताउनुभयो।

आफ्नै ल्यापटपबाट विज्ञान शिक्षा

स्रोतसाधन अभावकै बीच शिक्षकहरूले आफ्नै व्यक्तिगत ल्यापटप प्रयोग गरेर विज्ञान विषयका आवश्यक शैक्षिक सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएको पाइएको छ। विद्यालयमा व्यवस्थित विज्ञान प्रयोगशाला र नियमित प्रायोगिक कक्षा सञ्चालन गर्न आवश्यक उपकरणको अभाव रहेको छ।

कम्प्युटर प्रयोगशाला प्रभावकारी बन्न सकेन

अनुगमनका क्रममा विद्यालयमा चार वटा डेस्कटप कम्प्युटर र दुई वटा ल्यापटप गरी जम्मा छ वटा कम्प्युटर उपकरण रहेको पाइयो। तर तीमध्ये तीन वटा मात्र प्रयोगमा रहेको देखिएको छ।

कम्प्युटर प्रयोगशाला भए पनि आवश्यक उपकरण अभावका कारण नियमित कम्प्युटर शिक्षा सञ्चालन हुन नसकेको जानकारी दिइएको छ।

खेलमैदान र घेराबारको समस्या

विद्यालयको खेलमैदान व्यवस्थापनका लागि आवश्यक योजना तयार गरी स्थानीय सरकारसमक्ष पेश गर्ने तयारी गरिएको जनाइएको छ। साथै विद्यालय परिसरमा घेराबार (कम्पाउन्ड वाल) को अभाव ठूलो समस्याका रूपमा रहेको पाइएको छ।

पुस्तकालय र सरसफाइ अवस्था

विद्यालयमा पुस्तकालयको व्यवस्था रहेको छ। शौचालयको नियमित सरसफाइ विद्यार्थीहरूकै सक्रियतामा हुँदै आएको पाइएको छ। साथै हात धुने पानी तथा साबुनको व्यवस्था रहेकोले विद्यालयले सरसफाइमा ध्यान दिएको देखिएको छ।

उत्कृष्ट नतिजातर्फ उन्मुख विद्यालय

प्रधानाध्यापक चौहानका अनुसार विद्यालयले सीमित स्रोतसाधन हुँदाहुँदै पनि सन्दकपुर क्षेत्रका विद्यालयहरूमध्ये उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको छ। विगतका वर्षहरूमा शिक्षकहरूको सामूहिक प्रयासबाट विद्यालयलाई माध्यमिक तहसम्म विस्तार गरिएको र हाल पनि त्यसलाई अझ प्रभावकारी बनाउने प्रयास जारी रहेको उहाँले बताउनुभयो।

सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक

शिक्षक दरबन्दी अभाव, कम्प्युटर तथा आईसीटी शिक्षकको कमी, विज्ञान प्रयोगशालाको कमजोरी, प्रोजेक्टर मर्मत, सेनेटरी प्याड व्यवस्थापन, खेलमैदान तथा घेराबार निर्माणजस्ता समस्याको समाधानका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारको विशेष ध्यान आवश्यक देखिएको छ।

रबिबजार न्युजद्वारा सञ्चालित “सूचनाको हक सम्बन्धी नागरिकको अधिकार” कार्यक्रमले विद्यालयको वास्तविक अवस्था सार्वजनिक गर्दै शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि र विद्यमान समस्याको समाधानका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ रहेको छ।

ताजा समाचारहरु

IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0085

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
FB_IMG_1781188198970

सूर्योदयमा पत्रकारिता सीप अभिवृद्धि तालिम सम्पन्न, दक्ष सञ्चार...

  • जेष्ठ २८, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.