Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३०, २०८३ मा प्रकाशित

इलाम, असार — नेपाली चिया उद्योग गम्भीर संकटमा पुगेको भन्दै चिया उद्योगीहरूले आगामी २०८३ साल असार १ गतेदेखि देशभरका चिया उद्योग बन्द गर्न बाध्य हुने घोषणा गरेका छन्। भारतीय चिया बोर्ड (Tea Board) ले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (SOP)’ का कारण नेपाली चिया निर्यातमा थप जटिलता उत्पन्न भएको र त्यसले समग्र चिया क्षेत्र नै धराशायी हुने अवस्था सिर्जना गरेको उद्योगीहरूको भनाइ छ।

उद्योगीहरूले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाली चियाले विगतदेखि नै भारतीय बजारमा विभिन्न प्रकारका अवरोध झेल्दै आएको भए पनि नयाँ कार्यविधि लागू भएसँगै समस्या झन् गम्भीर बनेको छ। गुणस्तर परीक्षणका नाममा लामो समयसम्म चिया रोक्ने, परीक्षणको नतिजा अपारदर्शी बनाउने तथा भण्डारण व्यवस्थाको अभावका कारण नेपाली चिया निर्यात लगभग ठप्प भएको जनाइएको छ।

उद्योगीहरूका अनुसार हाल भारतीय बजारमा पुगेको करिब दुई लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाममै रोकिएको छ भने नेपालभित्रका उद्योगहरूमा पनि करिब १० लाख किलोभन्दा बढी तयारी चिया बिक्री हुन नसकी थन्किएको अवस्था छ। भारतीय चिया बोर्डले परीक्षणका लागि लगिएको चियाको नमुना महिनौँसम्म परीक्षण गरेर पनि प्रतिवेदन सार्वजनिक नगर्ने गरेको आरोप उद्योगीहरूको छ।

त्यसैगरी, परीक्षणको नतिजा गुणस्तरहीन आएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने व्यवस्था गरिएको भन्दै उद्योगीहरूले यसलाई अव्यावहारिक र नेपाली चिया व्यवसायमाथिको अन्यायपूर्ण व्यवहारका रूपमा व्याख्या गरेका छन्।

निर्यात प्रभावित भएसँगै उद्योगहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको र किसानबाट खरिद गरिएको हरियो चियापत्तीको भुक्तानीसमेत गर्न नसक्ने अवस्था सिर्जना भएको उद्योगीहरूको भनाइ छ। यसले हजारौँ चिया किसान, श्रमिक र व्यवसायी प्रत्यक्ष प्रभावित हुने देखिएको छ।

प्रेस विज्ञप्तिमार्फत चिया उद्योगीहरूले यस्तो प्रतिकूल परिस्थितिमा उद्योग सञ्चालन निरन्तर गर्न नसकिने निष्कर्षमा पुगेको जनाउँदै आगामी असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्नुपर्ने बाध्यता आएको जानकारी गराएका छन्।

उद्योगीहरूले चिया किसान, श्रमिक, उद्यमी, सरोकारवाला संस्था, राजनीतिक दल, बुद्धिजीवी, पत्रकार तथा स्थानीय, प्रदेश र संघीय सरकारलाई चिया क्षेत्रको यो गम्भीर संकट समाधानका लागि साझा पहल गर्न आग्रह गरेका छन्। साथै उद्योग बन्दबाट किसान तथा सम्बन्धित सबै पक्षमा पर्न जाने असुविधाप्रति क्षमायाचना व्यक्त गर्दै नेपाली चिया उद्योगको संरक्षण र निर्यात सहज बनाउन कूटनीतिक तथा नीतिगत पहल तत्काल आवश्यक रहेको बताएका छन्।

नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको चिया क्षेत्र अहिले अस्तित्वको संकटमा पुगेको भन्दै उद्योगीहरूले समयमै समस्याको समाधान नभए किसान, श्रमिक र उद्योगी मात्र नभई समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने चेतावनी दिएका छन्।

ताजा समाचारहरु

IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0085

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.