Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, विद्यालयका विविध समस्याहरू उजागर

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३१, २०८३ मा प्रकाशित

इलाम । मिति २०८३/०२/२९ गतेका दिन सन्दकपुर गाउँपालिका–५, जमुना। इलाम जिल्लाभित्र रहेका सामुदायिक विद्यालयहरूमा सूचनाको हक तथा नागरिक अधिकारसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको हाम्रो टोलीले सन्दकपुर गाउँपालिका–५ स्थित श्री भानुदय आधारभूत विद्यालयमा पनि कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय नजिकै बसोबास गर्ने स्थानीयवासीहरूले विद्यालयमा रहेका विभिन्न समस्याबारे जानकारी गराएपछि टोलीले विद्यालयको स्थलगत अवलोकनसमेत गरेको थियो।

कार्यक्रमका क्रममा टोली विद्यालय पुगेर प्रधानाध्यापकसँग भेटघाट गर्नुका साथै सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूसँग परिचयात्मक छलफल गरेको थियो। त्यस अवसरमा विद्यालयका शैक्षिक गतिविधि, भौतिक अवस्था तथा समग्र व्यवस्थापनका विषयमा जानकारी लिइएको थियो। विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययन-अध्यापन भइरहेको पाइएको छ।

कार्यक्रमको लक्षित उमेर समूहलाई मध्यनजर गर्दै टोलीले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूसँग मात्र सूचनाको हक, नागरिकको अधिकार, जिम्मेवार नागरिकको भूमिका तथा सामाजिक उत्तरदायित्वका विषयमा अन्तरक्रियात्मक छलफल तथा विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालन गरेको थियो। विद्यार्थीहरूले पनि उत्साहपूर्वक कार्यक्रममा सहभागिता जनाएका थिए।

कार्यक्रम सञ्चालन भइरहेका बेला वर्षा भएकाले विद्यालय भवनको वास्तविक अवस्था प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर मिलेको थियो। स्थानीयवासीहरूले पहिले नै जानकारी गराएअनुसार कक्षा ६ को भवनको छानाबाट पानी चुहिने समस्या देखिएको थियो। वर्षाको पानी सिधै कक्षाकोठाभित्र पस्ने भएकाले विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर पुगेको पाइयो। विद्यालयका प्रधानाध्यापकले यस विषयमा पटक–पटक स्थानीय सरकारलाई जानकारी गराए पनि हालसम्म आवश्यक पहल नभएको शिक्षकहरूको गुनासो रहेको छ।

त्यसैगरी विद्यालयमा शुद्ध खानेपानीको अभाव रहेको पाइएको छ। सुरक्षित खानेपानीको उचित व्यवस्था नहुँदा विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने अवस्था रहेको देखिएको छ। तातोपानीको व्यवस्था गर्ने प्रयास भए पनि आवश्यक सामग्री र स्रोतको अभावका कारण नियमित रूपमा उपलब्ध गराउन नसकिएको विद्यालयले जनाएको छ। यस कारण कतिपय विद्यार्थीलाई आफ्नै घरबाट खानेपानी ल्याउन आग्रह गरिएको जानकारी प्राप्त भयो।

विद्यालयको सकारात्मक पक्षका रूपमा अभिभावकहरूको सक्रिय सहभागितालाई लिइएको छ। विद्यालयका प्रधानाध्यापकका अनुसार विद्यालयबाट एकपटक मात्र सूचना जारी गर्दा पनि करिब ७० देखि ८० जना वा सोभन्दा बढी अभिभावकहरू विद्यालयमा उपस्थित हुने गरेका छन्, जसले विद्यालयप्रति समुदायको चासो र जिम्मेवारीबोधलाई प्रतिबिम्बित गर्दछ।

कार्यक्रमका क्रममा शिक्षकहरूले पनि आफ्ना विभिन्न समस्या तथा गुनासाहरू टोलीसमक्ष राखेका थिए। उनीहरूको भनाइमा स्थानीय सरकारबाट विद्यालयलाई अपेक्षित सहयोग र प्राथमिकता प्राप्त हुन सकेको छैन। सूचनाको हक र नागरिक अधिकारसम्बन्धी यस्तो कार्यक्रम पहिलोपटक विद्यालयमा आयोजना भएको भन्दै शिक्षकहरूले खुसी व्यक्त गरेका थिए। उनीहरूका अनुसार स्थानीय तहबाट समेत यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन नभएकाले आफूहरू ओझेलमा परेको अनुभूति भएको छ।

विद्यालयमा हाल १०३ जना विद्यार्थी अध्ययनरत रहेको तथ्यांक प्राप्त भएको छ। विद्यार्थी संख्या हेर्दा कतिपय माध्यमिक विद्यालयभन्दा पनि धेरै विद्यार्थी रहेको देखिए तापनि आवश्यक शैक्षिक तथा भौतिक पूर्वाधार भने पर्याप्त नभएको पाइएको छ।

विज्ञान विषयको पठनपाठनमा समेत समस्या देखिएको छ। विज्ञान विषय अध्यापन गराउने शिक्षक सरुवा भएर गएपछि केही समयदेखि नियमित कक्षा सञ्चालन हुन नसकेको विद्यालयले जनाएको छ। यद्यपि सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया अगाडि बढाइएको र छिट्टै विज्ञान विषयको अध्यापन नियमित गरिने जानकारी विद्यालयका प्रधानाध्यापकले जनाएको छ।

प्रविधिमैत्री शिक्षालाई प्रभावकारी बनाउन विद्यालयमा छवटा कम्प्युटर भए पनि आवश्यक प्राविधिक व्यवस्थापन र सञ्चालनको अभावमा ती उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन्। यस विषयमा स्थानीय सरकारलाई निवेदन पेश गरिएको भए पनि हालसम्म कुनै ठोस पहल नभएको विद्यालयको भनाइ छ।

विद्यालयमा खेल मैदानको व्यवस्था भए पनि पर्याप्त घेराबारको अभाव रहेको पाइएको छ। विद्यालय वरिपरि
रहेकाले खेलकुद गतिविधिका क्रममा बल वा अन्य सामग्रीले झ्यालका सिसा तथा ढोकामा क्षति पुर्‍याउने जोखिम रहेको शिक्षकहरूले बताएका छन्। त्यसैले विद्यालयको सुरक्षाका लागि यथाशीघ्र घेराबार निर्माण गर्न स्थानीय सरकारसँग ध्यानाकर्षण गराइएको छ।

त्यसैगरी विद्यालयमा पर्याप्त शौचालयको अभाव पनि देखिएको छ। हाल एउटा मात्र प्रयोगयोग्य शौचालय रहेकाले विद्यार्थी तथा शिक्षक कर्मचारीलाई निकै कठिनाइ भएको छ। पुराना शौचालय जीर्ण भएपछि प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् भने हाल नयाँ चारवटा शौचालय निर्माणाधीन अवस्थामा रहेको टोलीले अवलोकन गरेको छ।

कार्यक्रमको अन्त्यमा विद्यालयका शिक्षक, विद्यार्थी तथा विद्यालयमा रहेका समस्याहरू समाधानका लागि सम्बन्धित निकायले आवश्यक ध्यान दिनुपर्नेमा जोड दिएका थिए। साथै यस्ता जनचेतनामूलक तथा अधिकारसम्बन्धी कार्यक्रमले विद्यालय समुदायलाई सचेत र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

ताजा समाचारहरु

FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.