Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

शिक्षकहरूबीच खेलमैत्री सम्बन्ध सुदृढ गर्दै इलाममा पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३१, २०८३ मा प्रकाशित

शिक्षकहरूबीच खेलमैत्री सम्बन्ध सुदृढ गर्दै इलाममा पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न

इलाम  । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति इलामको आयोजनामा सम्पन्न पालिकास्तरीय शिक्षक भलिबल प्रतियोगिताले शिक्षकहरूबीचको आपसी सम्बन्ध, एकता र खेलभावनालाई थप मजबुत बनाएको छ। जिल्लाभरका विभिन्न पालिकाका शिक्षकहरूको सहभागितामा आयोजित प्रतियोगिता इलाम सदरमुकाममा भव्य रूपमा सम्पन्न भएको हो।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति इलामका अध्यक्ष लोकबहादुर थामसुहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रदेश समिति अध्यक्ष महेन्द्रप्रसाद गौतम तथा राष्ट्रिय समिति सदस्य प्रकाश खनालको प्रमुख आतिथ्यमा गरिएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न पालिकाबाट आएका शिक्षक, विद्यार्थी, पत्रकार, कर्मचारी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा इलाम जिल्लाका आठवटा स्थानीय तहका शिक्षक टोलीहरूले सहभागिता जनाएका थिए। प्रतियोगिताको पहिलो दिन प्रारम्भिक तथा सेमिफाइनल चरणसम्मका खेलहरू सम्पन्न भएका थिए। प्रतिस्पर्धात्मक खेलमा रोङ गाउँपालिकालाई पराजित गर्दै इलाम नगरपालिका सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो। त्यसैगरी माइजोगमाई गाउँपालिकालाई हराउँदै सन्दकपुर गाउँपालिकाले अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो।

यस्तै देउमाई नगरपालिकामाथि जित हासिल गर्दै फाकफोकथुम गाउँपालिकाले सेमिफाइनल यात्रा तय गरेको थियो भने चुलाचुली गाउँपालिकालाई पराजित गर्दै माई नगरपालिकाले पनि सेमिफाइनलमा स्थान बनाएको थियो।

सेमिफाइनल चरणमा इलाम नगरपालिका र फाकफोकथुम गाउँपालिकाबीच भएको प्रतिस्पर्धात्मक खेलमा इलाम नगरपालिका विजयी हुँदै फाइनलमा प्रवेश गर्न सफल भयो। अर्को सेमिफाइनल खेलमा सन्दकपुर गाउँपालिका र माई नगरपालिकाबीच भएको रोमाञ्चक प्रतिस्पर्धामा माई नगरपालिका विजयी बन्दै उपाधि नजिक पुगेको थियो।

प्रतियोगिता सफल बनाउन योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा सहयोगी संस्थाहरूलाई आयोजक समितिले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको थियो। आयोजकका अनुसार प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न विभिन्न क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको थियो।

दोस्रो दिन सम्पन्न फाइनल खेल इलाम नगरपालिका र माई नगरपालिकाबीच भएको थियो। निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल खेलमा माई नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो। इलाम नगरपालिका उपविजेतामा सीमित बनेको थियो।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूको पनि विशेष सम्मान गरिएको थियो। फाइनल खेलका उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) टेकनाथ न्यौपाने घोषित भए भने उत्कृष्ट डिफेन्डरतर्फ रुद्र मगर सम्मानित भएका थिए।

प्रतियोगितामा प्रथम हुने माई नगरपालिकाले नगद रु. २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो। त्यसैगरी उपविजेता इलाम नगरपालिकाले नगद रु. १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ। साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै राष्ट्रिय समिति सदस्य प्रकाश खनालले शिक्षकहरू केवल शैक्षिक गतिविधिमा मात्र सीमित नभई खेलकुद, सामाजिक तथा सिर्जनात्मक गतिविधिमा समेत सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए। उनले यस्ता प्रतियोगिताले शिक्षकहरूमा अनुशासन, नेतृत्व क्षमता, सहकार्यको भावना तथा स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

सहभागी शिक्षकहरूको भनाइमा यस्ता खेलकुद कार्यक्रमले विद्यालयमा देखिने नियमित कार्यचाप र मानसिक तनाव कम गर्न सहयोग पुर्‍याउँछ। साथै विभिन्न विद्यालय र पालिकामा कार्यरत शिक्षकहरूबीच अनुभव आदानप्रदान, सहकार्य र सम्बन्ध विस्तार गर्ने अवसर समेत प्रदान गर्दछ।

शिक्षक अग्नि दाहालले यस्ता प्रतियोगिताले शिक्षकहरूलाई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास प्रदान गर्ने बताउँदै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए।

प्रतियोगिताले शिक्षकहरूको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्नुका साथै शैक्षिक वातावरणलाई थप सकारात्मक, सक्रिय र गतिशील बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजक तथा सहभागीहरूले व्यक्त गरेका छन्।

ताजा समाचारहरु

WhatsApp Image 2026-06-14 at 4.19.27 PM

डिजिटल प्रविधिबाट फोहोर व्यवस्थापन सुधार्ने पहल

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781439497774

नेपाली चिया निर्यात संकट तत्काल समाधान गर्न सांसद सुहाङ नेम्बा...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
IMG_0278

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम स...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.