Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

आत्महत्या र दुर्व्यसन विरुद्ध प्रहरीको विशेष पहल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १, २०८३ मा प्रकाशित

बुटवल । आत्महत्या न्यूनीकरण, लागूऔषध दुर्व्यसन नियन्त्रण तथा सडक दुर्घटना रोकथामका विषयमा जनचेतना फैलाउने उद्देश्यले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सोमबार विशेष कार्यक्रम सम्पन्न भएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रबाट जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थाका प्रतिनिधिहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। साथै ‘Hack4Safety 2083’ अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त टोलीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले आत्महत्या, लागूऔषध दुर्व्यसन र सडक दुर्घटना नेपाली समाजका जटिल सामाजिक चुनौतीका रूपमा देखापरेको उल्लेख गर्नुभयो। यस्ता समस्याको समाधानका लागि सरकारी निकाय, समुदाय, शैक्षिक संस्था तथा नागरिक समाजबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँले समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने जिम्मेवारी केवल प्रहरी संगठनको मात्र नभई सबै सरोकारवालाको साझा दायित्व भएको बताउनुभयो। आधुनिक प्रविधिको प्रभावकारी प्रयोगमार्फत अपराध नियन्त्रण, अनुसन्धान तथा नागरिक सुरक्षामा थप प्रभावकारी नतिजा हासिल गर्न सकिने उहाँले धारणा राख्नुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य र अवधारणाबारे जानकारी दिनुभएको थियो। त्यस्तै, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रमका क्रममा नेपाल प्रहरी केन्द्रीय संगीत विद्यालयको ब्याण्ड प्रस्तुति, एसिड आक्रमण तथा जलनसम्बन्धी सचेतनामूलक सन्देश, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण तथा बालविवाहविरुद्ध आधारित नाटक प्रस्तुत गरिएको थियो। लागूऔषध दुर्व्यसनबाट प्रभावित भई पुनः समाजमा स्थापित भएका व्यक्तिहरूले आफ्ना अनुभवसमेत सहभागीहरूमाझ साझा गरेका थिए।

साथै ‘Hack4Safety 2083’ सम्बन्धी संक्षिप्त भिडियो प्रदर्शन गरिएको कार्यक्रममा डिजिटल सुरक्षा, साइबर अपराध नियन्त्रण, युवा पुस्ताको सुरक्षा तथा जिम्मेवार सामाजिक व्यवहारका विषयमा समेत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी, विद्यार्थी तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विशेषगरी युवा, विद्यार्थी, अभिभावक तथा आम नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले साइबर सुरक्षा, लागूऔषध नियन्त्रण, सडक अनुशासन र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.