Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रोङ गाउँपालिकाको श्री सरस्वती माध्यमिक विद्यालय : अवस्था, चुनौती र सम्भावना

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २, २०८३ मा प्रकाशित

इलाम, रोङ गाउँपालिका–४ भालुझोडा । रविबजा न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रमअन्तर्गत सरस्वती माध्यमिक विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक अवस्थाबारे स्थलगत अनुगमन तथा विद्यालयका प्रधानाध्यापक सुवास भण्डारीसँग अन्तरक्रिया गरिएको छ।

विद्यालय प्रशासनका अनुसार हाल विद्यालयमा जम्मा १३९ जना विद्यार्थी अध्ययनरत छन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब २० देखि २५ जना विद्यार्थी घटेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

प्रधानाध्यापक भण्डारीका अनुसार निजी विद्यालयप्रति बढ्दो आकर्षण, अङ्ग्रेजी माध्यमको शिक्षाप्रतिको मोह तथा निजी विद्यालयहरूले सिर्जना गरेको प्रतिस्पर्धात्मक वातावरणका कारण सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको हो।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयबाट २० जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये करिब ३५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। नतिजा अपेक्षाअनुसार नभए पनि विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तर सुधारका लागि थप प्रयास गर्ने जनाएको छ।

विद्यालयमा कम्प्युटर शिक्षा र विज्ञान प्रयोगशाला सञ्चालनमा समस्या देखिएको छ। विद्यालयमा २० वटा कम्प्युटर भए पनि हाल १६ वटा मात्र सञ्चालनमा रहेका छन् भने चार वटा कम्प्युटर बिग्रिएको अवस्थामा छन्। विद्यालय प्रशासनले सम्बन्धित निकायलाई मर्मतका लागि पटक–पटक जानकारी गराए पनि हालसम्म मर्मत कार्य हुन नसकेको जनाएको छ।

भवन निर्माण कार्य जारी रहेकाले विगत करिब पाँच महिनादेखि कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला तथा पुस्तकालय पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। विद्यालयका अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी असार महिनादेखि विज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष तथा पुस्तकालय नियमित सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

स्थलगत अवलोकनका क्रममा विद्यालयमा खानेपानीको व्यवस्था भए पनि शुद्धीकरणको चुनौती देखिएको छ। विद्यार्थी तथा शिक्षकहरूले फिल्टर गरिएको पानी प्रयोग गर्दै आएका छन्। विद्यालय परिसरमा एउटा धारा भए पनि पानीको नियमित आपूर्ति नहुने समस्या रहेको बताइएको छ।

खेलकुद पूर्वाधारको अभाव अर्को महत्वपूर्ण चुनौतीका रूपमा देखिएको छ। विद्यालयसँग पर्याप्त खेलमैदान नहुँदा विद्यार्थीहरूले फुटबल तथा अन्य खेलकुद गतिविधिमा अपेक्षित अवसर पाउन नसकेको गुनासो गरेका छन्। यद्यपि विद्यालय प्रशासनले मौसम र उपलब्ध स्थानअनुसार खेलकुद गतिविधि सञ्चालन गरिरहेको जनाएको छ।

विद्यालय परिसरमा नयाँ भवन निर्माण भइरहेकाले कक्षाकोठा व्यवस्थापन, सरसफाइ तथा विद्यार्थीहरूको आवतजावतमा केही असहजता देखिएको छ। केही कक्षाहरू अस्थायी व्यवस्थापनमार्फत सञ्चालन भइरहेका छन्।

सुरक्षाका लागि जडान गरिएको सीसी क्यामेरा विगत वर्षादेखि बिग्रिएको अवस्थामा रहेको विद्यालयले जनाएको छ। मर्मतका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको भए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन।

अनुगमनका क्रममा केही विद्यार्थीहरूले खेलकुद गतिविधि पर्याप्त नभएको तथा विद्यालयमा कपाल काट्ने विषयमा असन्तुष्टि व्यक्त गरेका थिए। यसबारे प्रधानाध्यापक भण्डारीले विद्यालयमा अनुशासन कायम गर्न पूर्वसूचना दिएर मात्र नियम लागू गरिने गरेको र विद्यालयको आचारसंहिताअनुसार आवश्यक कदम चालिएको स्पष्ट पारे।

विद्यालयमा शिक्षक दरबन्दीको समस्या पनि देखिएको छ। विशेषगरी अङ्ग्रेजी विषयका शिक्षकको अभाव रहेको र हाल एक जना शिक्षकको भरमा पठनपाठन सञ्चालन भइरहेको विद्यालय प्रशासनले जनाएको छ। आवश्यक जनशक्ति अभावका कारण अन्य तहका शिक्षकमार्फत समेत व्यवस्थापन गरिँदै आएको छ।

यसैबीच, रोङ गाउँपालिकाले विद्यार्थी ओसारपसारका लागि विद्यालयलाई बस उपलब्ध गराएको छ। तर बस सञ्चालनका लागि आवश्यक इन्धन, मर्मत तथा अन्य खर्च व्यवस्थापन गर्न स्थानीय समुदाय र सरोकारवाला पक्षको सहयोग आवश्यक परेको विद्यालयले जनाएको छ।

विद्यालय प्रशासनका अनुसार पूर्वाधार निर्माण, शिक्षक व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न प्रयास जारी रहेका छन्। स्थानीय सरकार, अभिभावक, शिक्षक तथा समुदायबीचको सहकार्यबाट विद्यालयको समग्र अवस्था थप सुधार हुने अपेक्षा गरिएको छ।

रविबजा न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रमअन्तर्गत विद्यालयको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे जानकारी संकलन गरिएको हो।

ताजा समाचारहरु

IMG_1262

वीरेन्द्र माविमा पूर्वाधार सुधारको आवश्यकता

  • असार ५, २०८३ मा प्रकाशित
IMG_1302

करफोक विद्या मन्दिर : शिक्षा र कृषि अभ्यासको उत्कृष्ट नमुना

  • असार ४, २०८३ मा प्रकाशित
IMG_1173

रोङ–३ को शान्ति निकेतन माध्यमिक विद्यालयमा बस सेवा ठप्प हुँदा ...

  • असार ४, २०८३ मा प्रकाशित
FB_IMG_1781609861155

एआईदेखि साइबर सुरक्षासम्म : सन्दकपुरका युवाले पाए प्रशिक्षण

  • असार २, २०८३ मा प्रकाशित
IMG-20260123-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

  • असार २, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.