Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रोङ–३ को शान्ति निकेतन माध्यमिक विद्यालयमा बस सेवा ठप्प हुँदा विद्यार्थी घट्दै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ४, २०८३ मा प्रकाशित

इलाम । रोङ गाउँपालिका–३ कुटीडाँडास्थित श्री शान्ति निकेतन माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको पाइएको छ। विद्यालय प्रधानाध्यापकका अनुसार हाल विद्यालयमा १६० जना विद्यार्थी अध्ययनरत छन्। अघिल्लो वर्षको तुलनामा केही विद्यार्थी सङ्ख्या घटेको विद्यालयले जनाएको छ।

रविबजार न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रमअन्तर्गत विद्यालयका प्रधानाध्यापक खडानन्द ढुङ्गानासँग गरिएको अन्तर्वार्ता तथा स्थलगत अनुगमनका क्रममा विद्यालयले भोगिरहेका चुनौती र सुधारका प्रयासबारे जानकारी प्राप्त भएको हो।

प्रधानाध्यापक ढुङ्गानाका अनुसार विद्यालयमा विद्यार्थी सङ्ख्या घट्नुको प्रमुख कारण यातायात सेवा प्रभावित हुनु हो। विद्यालयको बस विगत एक वर्षदेखि नियमित सञ्चालनमा आउन नसक्दा टाढाबाट आउने विद्यार्थीलाई विद्यालय पुग्न कठिनाइ भएको छ। आर्थिक स्रोतको अभाव, सञ्चालन खर्च व्यवस्थापनको चुनौती तथा जनसङ्ख्यामा आएको परिवर्तनका कारण विद्यार्थी सङ्ख्या घट्दै गएको उनको भनाइ छ।

विद्यालयबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २८ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये १९ जना उत्तीर्ण भएका छन् भने ९ जना अनुत्तीर्ण भएका छन्। यस आधारमा विद्यालयको उत्तीर्ण प्रतिशत करिब ६५ प्रतिशत रहेको छ।

प्रधानाध्यापकका अनुसार विद्यालय बस सेवा बन्द भएपछि अभिभावकबाट समेत गुनासो आउने गरेको छ। बस सञ्चालनका क्रममा आर्थिक दायित्व बढ्दै जाँदा विद्यालयलाई ऋणको भारसमेत परेको उनले बताए। स्थानीय तहबाट सहयोगको आश्वासन भए पनि पर्याप्त स्रोत व्यवस्थापन हुन नसकेको विद्यालयको भनाइ छ।

विद्यालयले अपाङ्गता भएका विद्यार्थीलाई आवश्यक सहयोग प्रदान गरिरहेको जनाएको छ। हाल एक जना विद्यार्थीलाई आवास तथा खानपानको व्यवस्था मिलाइएको छ भने अन्य आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिइएको छ।

स्थलगत अनुगमनका क्रममा विद्यालय परिसरको पछाडिपट्टि रहेको नालीमा पानी जमेको, केही स्थानमा फोहोर देखिएको तथा सरसफाइ व्यवस्थापनमा थप सुधार आवश्यक रहेको पाइएको छ। विद्यालयमा खानेपानीका लागि दुई वटा ठूला फिल्टर जडान गरिएका छन् र अधिकांश धारामा पानीको सुविधा उपलब्ध भए पनि केही विद्यार्थीले पानीको गुणस्तरप्रति चासो व्यक्त गरेका छन्।

विद्यार्थीहरूले विज्ञान विषयको सैद्धान्तिक पढाइ भइरहेको तर प्रयोगात्मक (प्राक्टिकल) कक्षा पर्याप्त रूपमा सञ्चालन नभएको गुनासो गरेका छन्। पुस्तकालय रहेको भए पनि नियमित रूपमा खुला नरहने गरेको विद्यार्थीहरूको भनाइ छ। यस विषयमा विद्यालय प्रशासनले विद्यार्थीहरूमा पुस्तक अध्ययनको बानी विकास गर्न थप पहल आवश्यक रहेको स्वीकार गरेको छ।

खेलकुदतर्फ पनि केही चुनौती देखिएका छन्। विद्यालयका अनुसार खेलकुद सामग्री राखिएको कोठामा चोरी भएपछि धेरै सामग्री हराएका कारण खेलकुद गतिविधि प्रभावित बनेको छ। खेलमैदानका केही संरचनामा समेत क्षति पुगेको पाइएको छ, जसले खेल गतिविधि सञ्चालनमा असर गरेको छ।

विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालनमा रहेको छ। २० वटा कम्प्युटर उपलब्ध रहेकामा विद्यार्थीलाई नियमित रूपमा कक्षा सञ्चालन नभए पनि प्रयोगात्मक अभ्यासलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला तथा अन्य शैक्षिक पूर्वाधारलाई व्यवस्थित बनाउन विद्यालयले प्रयास जारी राखेको जनाएको छ।

अनुगमनका क्रममा विद्यालयमा रहेको सीसीटीभी प्रणाली बिग्रिएको, सूचना पाटी तथा उजुरी पेटिकाको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको र केही शौचालयमा सरसफाइ सुधार गर्नुपर्ने अवस्था देखिएको छ। छात्राहरूका लागि सेनेटरी प्याडको व्यवस्था भए पनि यसको प्रयोग र व्यवस्थापनबारे थप सचेतना आवश्यक रहेको विद्यार्थीहरूले बताएका छन्।

शिक्षक दरबन्दीको विषयमा विद्यालयले कक्षा ११ र १२ सञ्चालनका लागि जनशक्ति अभाव रहेको जनाएको छ। विशेषगरी विज्ञान तथा प्राविधिक विषयको अध्यापनलाई थप प्रभावकारी बनाउन स्रोत र साधनको आवश्यकता रहेको विद्यालय प्रशासनको भनाइ छ।

यद्यपि चुनौतीका बीच विद्यालयले केही सकारात्मक अभ्यास पनि सञ्चालन गर्दै आएको छ। विद्यालयले कक्षा २ देखि ८ सम्म तथा ९ र १० का विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ। साथै कक्षा ८, १० र १२ का विद्यार्थीलाई अतिरिक्त शैक्षिक सहयोग तथा तयारी कक्षासमेत सञ्चालन गरिरहेको जानकारी दिइएको छ।

विद्यार्थीहरूको अनुशासन सन्तोषजनक देखिए पनि शिक्षकको व्यवहारले प्रश्न उठाएको छ। शिक्षक पराग (गुट्खा) सेवन गर्दै विद्यार्थीहरूको अगाडि देखिनुका साथै उहाँको खल्तीमा समेत परागको प्याकेट झुन्डिएको अवस्थामा फेला परेको छ। यस्तो व्यवहारले शिक्षकको मर्यादा र अनुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ।”

स्थानीय अभिभावक, विद्यार्थी तथा विद्यालय प्रशासनबीचको सहकार्यबाट पूर्वाधार सुधार, गुणस्तरीय शिक्षा र विद्यार्थी आकर्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। विद्यालयले सामना गरिरहेका चुनौती समाधानका लागि स्थानीय सरकार, समुदाय तथा सरोकारवाला निकायको सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूको भनाइ छ।

ताजा समाचारहरु

IMG_1262

वीरेन्द्र माविमा पूर्वाधार सुधारको आवश्यकता

  • असार ५, २०८३ मा प्रकाशित
IMG_1302

करफोक विद्या मन्दिर : शिक्षा र कृषि अभ्यासको उत्कृष्ट नमुना

  • असार ४, २०८३ मा प्रकाशित
IMG_1047

रोङ गाउँपालिकाको श्री सरस्वती माध्यमिक विद्यालय : अवस्था, चुनौ...

  • असार २, २०८३ मा प्रकाशित
FB_IMG_1781609861155

एआईदेखि साइबर सुरक्षासम्म : सन्दकपुरका युवाले पाए प्रशिक्षण

  • असार २, २०८३ मा प्रकाशित
IMG-20260123-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

  • असार २, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.