Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

करफोक विद्या मन्दिर : शिक्षा र कृषि अभ्यासको उत्कृष्ट नमुना

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ४, २०८३ मा प्रकाशित

इलाम । सूर्योदय नगरपालिका–१२ करफोकस्थित श्री करफोक विद्या मन्दिर माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको पाइएको छ। शैक्षिक गुणस्तर, कृषि शिक्षाको प्रभावकारी अभ्यास, खेलकुद गतिविधि तथा यातायात सुविधाका कारण विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको विद्यालय प्रशासनले जनाएको छ।

रविबजार न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रमअन्तर्गत विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद आचार्यसँग गरिएको अन्तरक्रिया तथा स्थलगत अनुगमनका क्रममा विद्यालयका उपलब्धि, चुनौती र भविष्यका योजनाबारे जानकारी प्राप्त भएको हो।

विद्यालयका प्रधानाध्यापक आचार्यका अनुसार हाल विद्यालयमा ३७७ जना विद्यार्थी अध्ययनरत छन्। गत वर्ष विद्यालयमा ३५६ जना विद्यार्थी रहेकोमा यस वर्ष विद्यार्थी सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ र अझै भर्ना प्रक्रिया जारी रहेको छ।

प्रधानाध्यापक आचार्यले विद्यालयको एसईई नतिजा सन्तोषजनक रहनु, खेलकुदमा सक्रिय सहभागिता तथा टाढाबाट आउने विद्यार्थीका लागि उपलब्ध गराइएको यातायात सुविधाले विद्यार्थी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनका अनुसार विद्यालयको एसईई नतिजा ७० प्रतिशतभन्दा माथि रहेको छ भने बाली विज्ञानतर्फ पनि उत्साहजनक नतिजा प्राप्त भएको छ।

विद्यालयमा कक्षा ९ देखि १२ सम्म बाली विज्ञान विषयको अध्ययन सञ्चालन भइरहेको छ। सैद्धान्तिक शिक्षासँगै विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन विभिन्न कृषि गतिविधि सञ्चालन गरिँदै आएको पाइएको छ। स्थलगत अनुगमनका क्रममा विद्यालय परिसरमा टमाटर खेती, गाईपालन, माछापालन तथा गँड्यौलाबाट प्राङ्गारिक मल उत्पादन जस्ता गतिविधि प्रभावकारी रूपमा सञ्चालन भइरहेको देखिएको थियो।

विद्यालय अनुसार कृषि अभ्यासबाट प्राप्त आम्दानीको एक हिस्सा विद्यार्थीलाई प्रोत्साहनस्वरूप उपलब्ध गराउने योजना रहेको छ। यसले विद्यार्थीलाई कृषि उद्यमशीलताप्रति आकर्षित गर्नुका साथै व्यवहारिक शिक्षाको महत्व बुझाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

विद्यालयको भौतिक पूर्वाधार पनि अन्य विद्यालयको तुलनामा व्यवस्थित रहेको प्रधानाध्यापक आचार्यले बताए। उनका अनुसार सूर्योदय नगरपालिकाभित्र विद्यालयको भवन संरचना उत्कृष्टमध्ये एक हो। यद्यपि पुराना दुई वटा शौचालय जीर्ण बनेकाले बन्द गरिएको छ। अन्य शौचालय भने सरसफाइयुक्त र नियमित प्रयोगमा रहेको अनुगमनका क्रममा पाइएको छ।

खेलमैदान व्यवस्थापनमा भने केही चुनौती देखिएको छ। वर्षायाममा मैदानमा पानी जम्ने समस्या अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन। यस विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको विद्यालय जनाएको छ।

सूचना प्रविधितर्फ पनि विद्यालयले विद्यार्थीलाई अवसर प्रदान गरेको छ। कम्प्युटर प्रयोगशालामा विद्यार्थीहरूले अतिरिक्त समयमा समेत कम्प्युटर प्रयोग गरी सिक्ने वातावरण पाएका छन्। बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीका लागि छुट्टै कम्प्युटरको व्यवस्था गरिएको विद्यालयले जनाएको छ।

विद्यालयमा सञ्चालन गरिएको बाली विज्ञान कार्यक्रमका लागि निर्माण गरिएको संरचना विगतमा हावाहुरीका कारण क्षतिग्रस्त भएको थियो। लामो समयसम्म पुनःनिर्माण हुन नसके पनि आवश्यक पहलपछि आर्थिक सहयोग प्राप्त गरी संरचनालाई पुनः सञ्चालनमा ल्याइएको विद्यालय प्रशासनले जनाएको छ। हाल उक्त संरचना पुनः प्रयोगमा आएको र विद्यार्थीले त्यसबाट लाभ लिइरहेको बताइएको छ।

अन्तरक्रियाका क्रममा प्रधानाध्यापक आचार्यले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास अझ बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले निजी विद्यालयमा ठूलो आर्थिक लगानी गर्ने अभिभावकलाई सामुदायिक विद्यालयको गुणस्तर बुझ्न आग्रह गर्दै आफ्ना बालबालिकालाई करफोक विद्या मन्दिर माध्यमिक विद्यालयमा अध्ययनका लागि पठाउन अनुरोध गरे।

“हामी गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छौँ। यदि पढाइ, अनुशासन वा अन्य कुनै विषयमा कमजोरी देखिएमा अभिभावकले विद्यालयमा आएर सुझाव र गुनासा राख्न सक्नुहुन्छ। सुधारका लागि हामी सधैं तयार छौँ,” प्रधानाध्यापक आचार्यले भने।

प्रधानाध्यापकका अनुसार विद्यालयको नाममा रहेको ४९८ रोपनी जग्गा विद्यालयले स्थापना कालदेखि नै प्रयोग गर्दै आएको छ। उक्त जग्गामा विद्यालयका विभिन्न शैक्षिक तथा भौतिक संरचनाहरू सञ्चालनमा रहेका छन्। हालसम्म पनि सो जग्गा विद्यालयकै उपयोगमा रहेको प्रधानाध्यापकले जानकारी दिनुभएको छ। विद्यालयको स्वामित्वमा रहेको उक्त जग्गा शैक्षिक गतिविधिका लागि महत्वपूर्ण आधार बनेको छ। साथै, जग्गासम्बन्धी विषयमा कुनै अन्य प्रयोग नभएको पनि विद्यालय पक्षले जनाएको छ।

उनले शिक्षामा अनावश्यक आर्थिक भार बढाउनुको सट्टा परिवारको आयआर्जन र भविष्य निर्माणमा लगानी गर्न सकिने धारणा समेत व्यक्त गरे। सामुदायिक विद्यालयमार्फत गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने भएकाले अभिभावकले विद्यालयप्रति विश्वास गर्नुपर्ने उनको भनाइ थियो।

अनुगमनका क्रममा विद्यालयले शैक्षिक गुणस्तर सुधार, कृषि शिक्षा प्रवर्द्धन, विद्यार्थीमैत्री वातावरण निर्माण तथा व्यवहारिक शिक्षालाई प्राथमिकता दिएको पाइएको छ। केही भौतिक तथा व्यवस्थापकीय चुनौती भए पनि विद्यालयले सुधार र विकासका विभिन्न प्रयासलाई निरन्तरता दिइरहेको देखिएको छ।

रविबजार न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रमअन्तर्गत विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीका अवसर तथा विद्यालय व्यवस्थापनसम्बन्धी विषयमा जानकारी सङ्कलन गरिएको हो।

ताजा समाचारहरु

IMG_1262

वीरेन्द्र माविमा पूर्वाधार सुधारको आवश्यकता

  • असार ५, २०८३ मा प्रकाशित
IMG_1173

रोङ–३ को शान्ति निकेतन माध्यमिक विद्यालयमा बस सेवा ठप्प हुँदा ...

  • असार ४, २०८३ मा प्रकाशित
IMG_1047

रोङ गाउँपालिकाको श्री सरस्वती माध्यमिक विद्यालय : अवस्था, चुनौ...

  • असार २, २०८३ मा प्रकाशित
FB_IMG_1781609861155

एआईदेखि साइबर सुरक्षासम्म : सन्दकपुरका युवाले पाए प्रशिक्षण

  • असार २, २०८३ मा प्रकाशित
IMG-20260123-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

  • असार २, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.