Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सूचना

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १५, २०८३ मा प्रकाशित

इलाम । ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रम केही समयका लागि स्थगित गरिएको सम्बन्धमा

रवि बजार न्युजद्वारा सञ्चालित ‘सूचनाको हक तथा नागरिकको अधिकार’ कार्यक्रम अन्तर्गत हामीले इलाम जिल्लाभरिका माध्यमिक विद्यालयहरूमा निःशुल्क जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका थियौँ।

वि.सं. २०८३ साल जेठ १८ गतेबाट सुरु गरिएको यस अभियानअन्तर्गत हालसम्म माइजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाका अधिकांश माध्यमिक विद्यालयहरूमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। त्यसैगरी रोङ गाउँपालिका तथा सूर्योदय नगरपालिकाका केही माध्यमिक विद्यालयहरूमा समेत कार्यक्रम सञ्चालन गरिएको छ।

यस अभियानमार्फत विद्यालयमा रहेका शैक्षिक, भौतिक तथा व्यवस्थापकीय चुनौतीहरू, साथै विद्यार्थीहरूले भोगिरहेका विविध समस्याहरूको प्रत्यक्ष रूपमा जानकारी सङ्कलन गर्दै सम्बन्धित पक्षसम्म आवाज पुर्‍याउने उद्देश्यका साथ निःशुल्क कार्यक्रम सञ्चालन गरिएको थियो।

तर, हाल देशभर मनसुन सक्रिय भई लगातार वर्षा, बाढी तथा पहिरोको जोखिम बढिरहेका कारण हाम्रो टोलीको आन्तरिक छलफलबाट बर्खायामभरका लागि उक्त कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरिएको जानकारी गराउन चाहन्छौँ।

मौसम अनुकूल भई यात्रा तथा कार्यक्रम सञ्चालनका लागि सहज वातावरण बनेलगत्तै हामी पुनः इलाम जिल्लाभरिका बाँकी माध्यमिक विद्यालयहरूमा पुगेर यस अभियानलाई निरन्तरता दिनेछौँ। हाम्रो उद्देश्य शिक्षा, सूचना र नागरिक अधिकारका विषयमा जनचेतना अभिवृद्धि गर्नुका साथै विद्यार्थी तथा विद्यालयका वास्तविक समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउने नै रहनेछ।

यस अभियानलाई सफल बनाउन माइजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिका, रोङ गाउँपालिका तथा सूर्योदय नगरपालिकाका आदरणीय शिक्षक–शिक्षिका, विद्यालय परिवार, विद्यार्थी भाइबहिनी, स्थानीय जनप्रतिनिधि, शुभेच्छुक तथा आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति रवि बजार न्युज परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।

यहाँहरूको निरन्तर साथ, सहयोग र विश्वासले नै हाम्रो अभियानलाई अझ प्रभावकारी बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राखेका छौँ।

धन्यवाद।

– रवि बजार न्युज परिवार

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.