Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मतपेटिकाबाट नेतृत्व चयन, अमरकल्याण माविमा लोकतान्त्रिक अभ्यास

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १६, २०८३ मा प्रकाशित

इलाम, असार १६।  इलामको माइजोगमाई गाउँपालिका–स्थित नयाँबजारको अमरकल्याण माध्यमिक विद्यालयमा विद्यालय कप्तान र सहायक कप्तान चयनका लागि लोकतान्त्रिक पद्धतिअनुसार मतदान सम्पन्न भएको छ। विद्यार्थीलाई निर्वाचन प्रक्रिया, नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्यासबारे व्यावहारिक अनुभव दिलाउने उद्देश्यले विद्यालयले मतदानमार्फत नेतृत्व चयन गरेको हो।

मंगलबार सम्पन्न निर्वाचनमा कक्षा १० का विद्यार्थी रिजन राई १३४ मत प्राप्त गर्दै विद्यालय कप्तानमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कक्षा ९ की विद्यार्थी श्रेया श्रेष्ठले ५७ मत प्राप्त गरेकी थिइन्। निर्वाचनमा कुल २१० मत खसेकोमा १९ मत बदर भएको विद्यालयले जनाएको छ।

त्यसैगरी, विद्यालय सहायक कप्तान पदका लागि भएको निर्वाचनमा कक्षा ८ की विद्यार्थी आज्ञा अधिकारी १३२ मतसहित विजयी भएकी छन्। उनका प्रतिस्पर्धी कक्षा ९ की शिवानी मोदीले ४१ मत प्राप्त गरिन् भने कक्षा ९ कै छात्रा छोडेन शेर्पाले १८ मत प्राप्त गरिन्।

निर्वाचन प्रक्रिया व्यवस्थित, निष्पक्ष र सहज बनाउन विद्यालयले दुईवटा मतदान केन्द्र स्थापना गरेको थियो। मतदान केन्द्र ‘क’ मा कक्षा ४, ६, ८, १० र १२ का विद्यार्थीले मतदान गरेका थिए भने मतदान केन्द्र ‘ख’ मा कक्षा ५, ७, ९ र ११ का विद्यार्थी सहभागी भएका थिए। मतदान शान्तिपूर्ण, उत्साहपूर्ण र अनुशासित वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार कक्षा ४ देखि १२ सम्मका विद्यार्थीलाई सामाजिक विषयअन्तर्गत निर्वाचन प्रणालीको व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। पाठ्यपुस्तकमा सीमित सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै विद्यार्थीलाई लोकतान्त्रिक प्रक्रियाको प्रत्यक्ष अनुभव गराउने प्रयासस्वरूप निर्वाचन आयोजना गरिएको विद्यालयको भनाइ छ।

यस अभ्यासबाट विद्यार्थीमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, निर्णय गर्ने क्षमता, मताधिकारको महत्व तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति सकारात्मक सोच विकास हुने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ। विद्यालयका शिक्षक नरेन्द्र खडकाका अनुसार यस्ता गतिविधिले विद्यार्थीलाई भविष्यमा जिम्मेवार, सचेत र लोकतान्त्रिक संस्कार भएका नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण सहयोग पुग्नेछ।

विद्यालयले आगामी वर्षहरूमा पनि यस्ता प्रयोगात्मक तथा व्यवहारिक सिकाइका कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिने जनाएको छ।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.