Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पेट्रोलियम पदार्थ सस्तो, पेट्रोलदेखि ग्याससम्मको मूल्य घट्यो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १७, २०८३ मा प्रकाशित

काठमाडौं, असार १७।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य निर्धारण गर्दै घटेको दर तत्काल लागू हुने जनाएको हो।

नयाँ निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाइएको छ। त्यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले कम गरिएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको निगमले जनाएको छ।

हवाई इन्धनतर्फ पनि मूल्य समायोजन गरिएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा लागू हुने हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले कम गरिएको छ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ कायम गरिएको छ। यसअघि यी क्षेत्रमा पेट्रोल २१७ रुपैयाँ र डिजेल तथा मट्टितेल २२५ रुपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएको थियो।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, वीरगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। त्यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ तथा डिजेल र मट्टितेल १९४ रुपैयाँमा बिक्री हुनेछ।

आन्तरिक हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर १,५६६ अमेरिकी डलर, पोखराका लागि १,१०० अमेरिकी डलर र भैरहवाका लागि १,०८५ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ।

एलपी ग्यासको मूल्य घटेसँगै अब उपभोक्ताले १४.२ किलोग्राम क्षमताको एक सिलिन्डर ग्यास २,०६० रुपैयाँमा खरिद गर्न सक्नेछन्। यसअघि यही ग्यासको मूल्य २,१६० रुपैयाँ रहेको थियो।

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तन तथा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएको हो। निगमले अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार आगामी दिनमा पनि मूल्य आवश्यकताअनुसार परिमार्जन गरिने जनाएको छ।

इन्धनको मूल्य घटेसँगै यातायात, उद्योग तथा दैनिक उपभोगसँग सम्बन्धित क्षेत्रमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी खाना पकाउने ग्यास र डिजेलको मूल्य घट्दा आम उपभोक्ताको मासिक खर्चमा समेत केही कमी आउने विश्वास गरिएको छ।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.