Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बर्ड फ्लु प्रभावित किसानलाई राहत : क्षतिपूर्तिका लागि ५० करोड रुपैयाँ निकासा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १९, २०८३ मा प्रकाशित

काठमाडौं, असार १९ गते। बर्ड फ्लुबाट प्रभावित किसानलाई आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले सरकारले ५० करोड रुपैयाँ निकासा गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले उक्त रकम पशु सेवा विभागमार्फत प्रभावित किसानलाई क्षतिपूर्ति वितरण गर्न उपलब्ध गराएको हो।

मन्त्रालयका अनुसार बर्ड फ्लु संक्रमण पुष्टि भएका ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा तथा अन्य पन्छी, अण्डा र दानाको क्षतिपूर्ति वितरणका लागि बजेट व्यवस्थापन गरिएको हो। रोगका कारण ठूलो आर्थिक क्षति बेहोरेका किसानलाई राहत उपलब्ध गराउन विभागले मन्त्रालयसँग आवश्यक बजेट माग गरेको थियो।

पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार सरकारले प्रचलित कानुनी व्यवस्थाअनुसार प्रमाणित क्षतिको आधारमा अधिकतम ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउनेछ। यसले बर्ड फ्लुका कारण आर्थिक संकटमा परेका किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

विभागको तथ्यांकअनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्लामा संक्रमण नियन्त्रणका क्रममा करिब सात लाख पन्छी, ११ लाख अण्डा तथा करिब तीन लाख किलोग्राम दाना नष्ट गरिएको थियो। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

बर्ड फ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ अनुसार संक्रमण नियन्त्रणका लागि नष्ट गरिएका पन्छी, पन्छीजन्य उत्पादन तथा सम्बन्धित सामग्रीको मूल्यांकन गरी प्रमाणित क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ।

गत चैत महिनादेखि पूर्वी नेपालबाट देखिन थालेको बर्ड फ्लुको संक्रमण विस्तार हुँदै हाल ११ जिल्लामा पुगेको छ। रोगको भाइरसमा परिवर्तन आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले समयमै संक्रमण नियन्त्रण गर्न आवश्यक कदम चालेको जनाएको छ।

रोग नियन्त्रणलाई प्रभावकारी बनाउन पशु सेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा विशेष बर्ड फ्लु नियन्त्रण कक्ष सञ्चालनमा ल्याएको छ। संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै संक्रमण फैलिन नदिन निगरानी, परीक्षण तथा नियन्त्रणका गतिविधि निरन्तर जारी रहेको विभागले जनाएको छ।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.