Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कोशीमा बीमा सेवा सुधारका लागि रणनीतिक छलफल, गुणस्तरीय सेवामा जोड

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २२, २०८३ मा प्रकाशित

विराटनगर, असार २२। बीमा क्षेत्रको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यका साथ नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले विराटनगरमा प्रदेशस्तरीय ‘राउन्ड टेबल’ छलफल आयोजना गरेको छ। कार्यक्रममा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो।

छलफलमा चालु आर्थिक वर्षभरि बीमा बजारमा देखिएका अवस्था, सेवाप्रवाहका चुनौती, उपभोक्ताबाट प्राप्त सुझाव तथा आगामी आर्थिक वर्षका प्राथमिकताबारे विस्तृत समीक्षा गरिएको थियो।

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख तथा उपनिर्देशक प्रीति देवले चालु आर्थिक वर्षमा विभिन्न सरोकारवालासँग भएका अन्तरक्रिया कार्यक्रमहरूबाट प्राप्त सुझाव, जिज्ञासा र गुनासोको विश्लेषण प्रस्तुत गर्दै बीमा सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याइन्।

छलफलका क्रममा सहभागीहरूले सर्वसाधारणमा बीमासम्बन्धी जानकारी अझ प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने, सेवाप्रवाहलाई सरल र छिटो बनाउनुपर्ने तथा बजारमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि बीमा कम्पनीहरूबीच समन्वय र उत्तरदायित्व बढाउनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा कोशी प्रदेशमा सञ्चालनमा रहेका विभिन्न बीमा कम्पनीहरूले चालु आर्थिक वर्षमा गरेका काम, प्राप्त उपलब्धि, सामना गरेका चुनौती तथा आगामी योजनाबारे पनि अनुभव आदानप्रदान गरेका थिए। सहभागीहरूले बीमाको पहुँच ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने, सेवाको गुणस्तर सुधार गर्ने, बजारलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने तथा दाबी भुक्तानी प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउने विषयलाई आगामी आर्थिक वर्षको प्रमुख कार्यसूचीमा राख्नुपर्नेमा जोड दिएका थिए।

छलफलमा नियामक निकाय र बीमा कम्पनीहरूबीच नियमित समन्वय, जनचेतनामूलक कार्यक्रमको विस्तार तथा सेवामुखी कार्यसंस्कृतिको विकासमार्फत बीमा क्षेत्रप्रति नागरिकको विश्वास अझ बलियो बनाउनुपर्ने निष्कर्ष निकालिएको थियो।

नेपाल बीमा प्राधिकरणले यस्ता छलफलले बीमा क्षेत्रका चुनौती पहिचान गर्न, सुधारका उपाय तय गर्न तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.