Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

धनकुटाको अरुणोदय माविका विद्यार्थीलाई शैक्षिक सामग्री, शिक्षामा सहयोग विस्तार गर्ने प्रतिबद्धता

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २३, २०८३ मा प्रकाशित

धनकुटाको अरुणोदय माविका विद्यार्थीलाई शैक्षिक सामग्री, शिक्षामा सहयोग विस्तार गर्ने प्रतिबद्धता

धनकुटा, असार २२ — धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–५ स्थित श्री अरुणोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा शिक्षा क्षेत्रमा सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिइएको थियो।

‘सेवा र विकासका लागि युवा’ को आयोजनामा तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल को समन्वयमा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीलाई अध्ययनमा उपयोगी विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। आयोजकका अनुसार यस्ता सहयोगले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई अध्ययनमा थप उत्साह मिल्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्दिप गिरीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा महालक्ष्मी नगरपालिका–५ का वडा अध्यक्ष शान्तबहादुर कुँवर क्षेत्री उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सह–संगठन सचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव तथा कोशी संगठन सचिव मनिष बन्जाडे, कोशी प्रदेश सह–सचिव नगेश राई, विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्व प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वितरण गरिएका शैक्षिक सामग्री भारतीय जनता तथा भारत सरकारको सहयोगमा उपलब्ध भएको आयोजकले जनाएको छ। प्राप्त सहयोगले विद्यार्थीको अध्ययनलाई सहज बनाउनुका साथै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

वक्ताहरूले शिक्षा नै सक्षम, सभ्य र समृद्ध समाज निर्माणको प्रमुख आधार भएको उल्लेख गर्दै विद्यार्थीलाई आवश्यक शैक्षिक वातावरण सिर्जना गर्न सरकार, स्थानीय तह, शैक्षिक संस्था, सामाजिक सङ्गठन तथा अन्तर्राष्ट्रिय मित्रराष्ट्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। उहाँहरूले शिक्षामा गरिने लगानीले भविष्यका दक्ष, जिम्मेवार र सक्षम नागरिक तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनुभयो।

कार्यक्रमका सहभागीहरूले यस्ता सहयोगमूलक अभियानले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह जगाउने, विद्यालयप्रतिको आकर्षण बढाउने तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए। साथै आगामी दिनमा पनि शिक्षा, सेवा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमका क्रममा भारतीय जनता तथा भारत सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको मित्रवत् सम्बन्ध, आपसी विश्वास र जनस्तरको सहकार्यलाई यस्ता शैक्षिक तथा सामाजिक कार्यक्रमले अझ सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो। सहभागीहरूले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

तस्बिरमा: झलक भट्टराई

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.