Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सल्लेरीमा १०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, शिक्षामा सहयोग अभियानलाई निरन्तरता

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २६, २०८३ मा प्रकाशित

सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५, सल्लेरीस्थित श्री जन जागृति नमुना माध्यमिक विद्यालयका एक सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यार्थीको शैक्षिक यात्रालाई सहज बनाउने तथा अध्ययनप्रति थप उत्साह जगाउने उद्देश्यले आयोजित कार्यक्रममा आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।

‘सेवा र विकासका लागि युवा’को आयोजनामा तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा सम्पन्न कार्यक्रमले विद्यालय तहका विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्। आर्थिक अवस्था वा अन्य कारणले अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएर गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्य कार्यक्रमको मुख्य लक्ष्य रहेको जनाइएको छ।

कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका कोशी प्रदेश उपाध्यक्ष फुरि शेर्पाले शिक्षामा गरिएको लगानी नै समाज र राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गरे। उनले विद्यार्थीलाई नियमित अध्ययन, अनुशासन र सकारात्मक सोचका साथ आफ्नो भविष्य निर्माणमा लाग्न प्रेरित गर्दै यस्ता सामाजिक अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा सोलुदुधकुण्ड नगरपालिका–५ का वडाध्यक्ष मिङमार तामाङले विद्यालयस्तरमा हुने यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउने मात्र नभई समुदायमा शिक्षा प्रतिको सकारात्मक सन्देश पनि प्रवाह गर्ने धारणा राखे। उनले स्थानीय सरकार शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

त्यसैगरी, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव तथा कोशी प्रदेश संगठन सचिव मनिष बन्जाडेले शिक्षाको विकासमा सरकारी निकायसँगै सामाजिक संस्था र युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। समाजमा सकारात्मक परिवर्तन ल्याउन शिक्षाको भूमिका महत्त्वपूर्ण हुने भएकाले विद्यार्थीलाई प्रोत्साहन गर्ने अभियानलाई थप विस्तार गरिने उनले बताए।

कार्यक्रममा सामाजिक व्यक्तित्व कुङ्गा लामा, विद्यालयका निमित्त प्रधानाध्यापक नारायणप्रसाद पाण्डे, विद्यालय व्यवस्थापन समितिकी सदस्य गीता गुरुङ, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालयका निमित्त प्रधानाध्यापक पाण्डेले विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रति थप प्रेरणा मिल्ने बताए। उनका अनुसार विद्यालयको शैक्षिक वातावरण सुधार गर्न समुदाय, सामाजिक संस्था र सरोकारवाला सबैको सहकार्य आवश्यक छ।

कार्यक्रमको अन्त्यमा विद्यार्थीलाई कापी, कलम तथा अन्य आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। सहभागीहरूले यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीको मनोबल बढाउनुका साथै शिक्षाप्रति जिम्मेवारी र उत्साह अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

 

झलक भट्टराई

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.