Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढी राजस्व सङ्कलन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन १२, २०८३ मा प्रकाशित

झापा । घरेलु तथा साना उद्योग कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा उद्योग दर्ता, नवीकरण तथा विभिन्न प्रशासनिक सेवामार्फत रु दुई करोड ४१ लाख ६१ हजार १५० राजस्व सङ्कलन गरेको जनाएको छ। कार्यालयका अनुसार उद्योग दर्ताको क्रम बढ्दै जाँदा राजस्व सङ्कलनमा पनि उल्लेखनीय वृद्धि भएको हो।

कार्यालयकी सूचना अधिकारी जानकी भट्टराईका अनुसार समीक्षा अवधिमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। तीमध्ये सेवामूलक उद्योगको संख्या सबैभन्दा बढी रहेको छ। तथ्याङ्कअनुसार ३०२ सेवामूलक, १४७ उत्पादनमूलक, १३३ कृषि तथा वनजन्य, ३ सूचना प्रविधिसम्बन्धी र १ ऊर्जामूलक उद्योग दर्ता भएका छन्।

कार्यालयले उपलब्ध गराएको विवरणअनुसार कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा प्रशासनिक सेवा शुल्कबाट प्राप्त भएको छ। यस शीर्षकबाट रु एक करोड ९८ लाख १४ हजार ५० सङ्कलन गरिएको छ। त्यसैगरी व्यवसाय दर्ता तथा रजिस्ट्रेशन दस्तुरबाट रु ४२ लाख ८२ हजार १०० र सरकारी सम्पत्ति बिक्रीबाट रु ६५ हजार राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार जिल्लामा उद्यमशीलता विस्तार, स्वरोजगारको अवसर वृद्धि तथा स्थानीय उत्पादन र सेवाको विकाससँगै नयाँ उद्योग दर्ता गर्नेको संख्या क्रमशः बढिरहेको छ। विशेषगरी सेवामूलक तथा उत्पादनमूलक क्षेत्रमा उद्यमीहरूको आकर्षण देखिएको कार्यालयको विश्लेषण छ।

घरेलु तथा साना उद्योगहरूको विस्तारले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै रोजगारी सिर्जना, उत्पादन वृद्धि र सरकारी राजस्व सङ्कलनमा समेत सकारात्मक योगदान पुर्‍याइरहेको सम्बन्धित कार्यालयले जनाएको छ।

ताजा समाचारहरु

FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५४.८१ रुपै...

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.