Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

‘मेरो देश, मेरो जिम्मेवारी’मा विद्यार्थीको वक्तृत्वकला

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन ३०, २०८३ मा प्रकाशित

उदयपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, त्रियुगा नगर एकाइ समितिको आयोजनामा श्री बालमन्दिर माध्यमिक विद्यालयमा ‘मेरो देश, मेरो जिम्मेवारी’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थीमा देशप्रतिको जिम्मेवारी, सामाजिक चेतना तथा आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले ‘मेरो देश, मेरो जिम्मेवारी’ विषयमा आफ्ना धारणा तथा विचार प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रतियोगिताका संयोजक विवेक राईको सहभागिता रहेको थियो। त्रियुगा नगरपालिका–१० का वडाध्यक्ष किरण पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। यस्तै, श्री बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रल्हाद खतिवडासहित विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा विद्यार्थीहरूले देशप्रतिको आफ्नो कर्तव्य, समाजप्रतिको जिम्मेवारी, अनुशासन, शिक्षा तथा सकारात्मक नागरिक भूमिकाबारे विचार प्रस्तुत गरेका थिए। वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै आफ्ना विचारलाई तार्किक र प्रभावकारी ढंगले राख्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।

प्रतियोगिताको नतिजाअनुसार जोया कटुवालले प्रथम स्थान हासिल गरेकी छन्। अनुराधा खतिवडाले द्वितीय तथा सिजन खड्काले तृतीय स्थान प्राप्त गरेका छन्। यस्तै, समता कार्कीले सान्त्वना स्थान हासिल गरेकी छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई आयोजक तथा उपस्थित अतिथिहरूले बधाई तथा शुभकामना दिएका थिए। यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, सिर्जनात्मक सोच र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved