Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सूर्योदय नगरको बजेट १ अर्ब १८ करोडभन्दा बढी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ ३, २०८३ मा प्रकाशित

फिक्कल, इलाम । सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १८ करोड ४३ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले विकास निर्माण, सामाजिक क्षेत्र र नागरिकलाई प्रदान गरिने सेवामा प्रभावकारिता बढाउने लक्ष्यसहित आगामी आर्थिक वर्षको योजना अघि सारेको हो।

नगरपालिकाले सार्वजनिक गरेको बजेटमा सबैभन्दा ठूलो हिस्सा सामाजिक विकास क्षेत्रलाई दिइएको छ। यस क्षेत्रका लागि ५४ करोड ९९ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, पूर्वाधार विकासतर्फ ३० करोड ३५ लाख ५४ हजार रुपैयाँ छुट्याइएको छ। आर्थिक गतिविधि तथा उत्पादनमूलक क्षेत्रलाई लक्षित गर्दै आर्थिक विकासका लागि ८ करोड ९८ लाख ८३ हजार रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १५ करोड ८ लाख ८९ हजार रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ९ करोड ८४ हजार रुपैयाँ बजेट राखिएको छ।

नगरपालिकाले आयोजना गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले अध्यक्षता गरेका थिए। इलाम क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। संविधानसभा सदस्यद्वय टिकाराम सुब्बा लाप्चा र सूर्यवाला राईको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, इलाम नगरपालिकाका प्रमुख केदार थापा, माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवे, सूर्योदय नगरपालिकाका निवर्तमान नगर प्रमुख रणबहादुर राईलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो।

कार्यक्रमको प्रारम्भमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले स्वागत मन्तव्य राख्दै बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्नुको उद्देश्यबारे जानकारी दिएका थिए। त्यसपछि कार्यवाहक नगर प्रमुख बरालले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमबारे नगरपालिकाको प्राथमिकता प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निश्कल राईले शिक्षा क्षेत्रमा गरिएको लगानीले युवालाई केवल शैक्षिक प्रमाणपत्र लिएर विदेश जाने अवस्थामा सीमित गर्न नहुने धारणा राखे। शिक्षा प्राप्त गरेपछि आफ्नै गाउँ, समाज र समुदायमा रहेर काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

उनले स्थानीय विकासका विषयमा राजनीतिक दल तथा विचारभन्दा माथि उठेर साझा प्रतिबद्धता आवश्यक रहेको बताए। सूर्योदय नगरपालिकामा रहेका प्राकृतिक सम्पदा, पर्यटकीय क्षेत्र तथा सांस्कृतिक विविधतालाई योजनाबद्ध रूपमा प्रवर्द्धन गर्न सके पर्यटनबाट स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउन सकिने उनको धारणा थियो।

लाप्चा समुदायको मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर नयाँ सम्भावना सिर्जना गर्न सकिने उल्लेख गर्दै राईले स्थानीय इतिहास र मौलिकतालाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्न सकिने उदाहरणसमेत प्रस्तुत गरे।

सार्वजनिक पदमा रहेका व्यक्तिहरू नागरिकप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले जनप्रतिनिधिलाई निरन्तर खबरदारी गर्न स्थानीयवासीलाई आग्रह गरे। साथै, सूर्योदय नगरपालिकाका निवर्तमान नगर प्रमुख रणबहादुर राईले अघि सारेका योजनाहरूलाई निरन्तरता दिएर नगरको दीर्घकालीन विकासमा जोड दिनुपर्ने धारणा पनि उनले व्यक्त गरे।

बजेट सार्वजनिक कार्यक्रमलाई सांस्कृतिक प्रस्तुतिले समेत आकर्षक बनाएको थियो। करफोक विद्यामन्दिरका विद्यार्थीले राष्ट्रिय गान तथा सूर्योदय नगरगानको धुन प्रस्तुत गरेका थिए। गायक तथा संगीतकार भुपेन्द्र राईले सेक्सोफोन वादनमार्फत सांगीतिक प्रस्तुति दिएका थिए।

त्यसैगरी पञ्चकन्या अंग्रेजी बोर्डिङ स्कुलका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने फिक्कल माध्यमिक विद्यालयका विद्यार्थीले राष्ट्रिय गानमा आधारित नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमकै अवसरमा विभिन्न १९ विधामा योगदान पुर्‍याएका २६ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि र कार्यक्रमका अध्यक्षले सम्मानित व्यक्तिहरूलाई सम्मानपत्र, खादा तथा नगदसहित सम्मान गरेका थिए।

नगरपालिकाले सार्वजनिक गरेको बजेटले सामाजिक विकाससँगै पूर्वाधार, आर्थिक गतिविधि, सुशासन र प्रशासनिक व्यवस्थापनलाई समेत समेटेको छ। आगामी आर्थिक वर्षमा विनियोजित बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नगरको विकास र नागरिक सेवामा सुधार ल्याउने चुनौती अब नगरपालिकासामु रहेको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved