Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रोङ गाउँपालिकाको रसुवा बाढीपीडितलाई ८.४९ लाख सहयोग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ १५, २०८३ मा प्रकाशित

रोङ गाउँपालिकाको रसुवा बाढीपीडितलाई ८.४९ लाख सहयोग

इलाम — इलामको रोङ गाउँपालिकाले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाले बाढीपीडितको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ८ लाख ४९ हजार १६६ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। भदौ ११ गते बसेको गाउँपालिकाको आकस्मिक कार्यपालिका बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको जनाइएको छ।

रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारहरू कठिन अवस्थामा रहेको भन्दै रोङ गाउँपालिकाले स्थानीय तहको तर्फबाट मानवीय सहयोग गर्ने निर्णय गरेको हो।

विपद्को समयमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनःस्थापनाका लागि समेत सहयोग आवश्यक रहेको गाउँपालिकाको निष्कर्ष छ। सोहीअनुसार गाउँपालिकाले आफ्नो तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

बैठकले प्राकृतिक विपद्का कारण समस्यामा परेका रसुवाका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

यसैबीच, विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई थप सहयोग गर्न सम्पूर्ण रोङवासीलाई समेत मानवीय सहयोगमा जुट्न गाउँपालिकाले आह्वान गरेको छ। विपद्मा परेका नागरिकको पीडामा स्थानीय तह र समुदायको साथ आवश्यक रहेको गाउँपालिकाको भनाइ छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved