Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ १६, २०८३ मा प्रकाशित

काठमाडौं, भदौ १६ — बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि सहयोग जुटाउने क्रम जारी रहँदा प्रधानमन्त्री राहत कोषमा संकलित रकम ६ अर्ब रुपैयाँ नाघेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ १६ गते साँझसम्म नौवटा वाणिज्य बैंकमा रहेका कोषका खातामा गरी ६ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ जम्मा भएको छ।

संकलित रकममध्ये बाढी प्रभावित क्षेत्रको राहत तथा व्यवस्थापनका लागि १ अर्ब रुपैयाँ निकासा भइसकेको कार्यालयले जनाएको छ। निकासा पश्चात् कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ मौज्दात रहेको बताइएको छ।

यसैगरी, हिमालयन बैंक र लक्ष्मी बैंकमा रहेको खातामा गरी ६१ लाख ११ हजार १४८ अमेरिकी डलर बराबरको सहयोग रकम जम्मा भएको जानकारी दिइएको छ। बाढी प्रभावित नागरिकका लागि विभिन्न देश तथा संघसंस्थाबाट थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि प्राप्त भइरहेको कार्यालयले जनाएको छ।

प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक स्रोत जुटाउने उद्देश्यले सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री राहत कोषमार्फत सहयोग संकलन गरिरहेको छ।

सरकारका अनुसार स्वदेश तथा विदेशबाट कोषमा सहयोग आउने क्रम निरन्तर बढिरहेको छ। प्राप्त रकमलाई विपद्बाट प्रभावित नागरिकको राहत तथा आवश्यक व्यवस्थापनमा परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ।

राहत रकम संकलन तथा त्यसको विवरणलाई पारदर्शी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ समेत सञ्चालनमा ल्याएको छ। उक्त माध्यमबाट कोषमा स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकमको विवरण सार्वजनिक गर्दै आएको कार्यालयले जनाएको छ।

बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै आगामी चरणमा पुनःस्थापना र पुनर्निर्माणका काममा समेत संकलित स्रोत महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

ताजा समाचारहरु

IMG-20260903-WA0002

रजस्वला : परम्परा र विज्ञानबीचको बुझाइ

  • भदौ १८, २०८३ मा प्रकाशित
IMG-20260827-WA0006

भोटेकोशी बाढी : मधेसका ३० जना सम्पर्कमा, १६२ अझै बेपत्ता

  • भदौ १८, २०८३ मा प्रकाशित
IMG-20260903-WA0000

कृष्णभीर अवरुद्ध, हेटौँडा–काठमाडौँ यात्रामा सास्ती

  • भदौ १८, २०८३ मा प्रकाशित
oppo_0

लिम्बू भाषा र किपट संरक्षणमा योगदान पुर्‍याउने दुई पालिका सम्म...

  • भदौ १८, २०८३ मा प्रकाशित
IMG-20260901-WA0001

रसुवा बाढीपछि तीन भारतीय नागरिक घर फर्किए, तीन अझै बेपत्ता

  • भदौ १६, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.