Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

फाकफोकथुम–३ आम्चोकमा राष्ट्रिय परिचयपत्र वितरण सुरु, सामाजिक सुरक्षा भत्ता लिन पनि आग्रह

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २४, २०८३ मा प्रकाशित

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–३, आम्चोकमा सर्वसाधारणको चासोको विषय बनेको राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु गरिएको छ। गाउँपालिकाकी उपाध्यक्ष कल्पना राईको हस्तबाहुलीबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको उद्घाटन गरिएको हो।

राष्ट्रिय परिचयपत्र वितरणका लागि आवश्यक समन्वय र सहजीकरणमा भूमिका निर्वाह गर्ने गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल, गाउँपालिकामा उपस्थित कर्मचारी तथा सम्बन्धित सबैप्रति धन्यवाद व्यक्त गरिएको छ।

वितरण कार्यक्रमको पहिलो दिन वडा नम्बर ३ अन्तर्गत आम्चोकको वडा कार्यालयबाट करिब २०० जनाभन्दा बढी सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य राखिएको जनाइएको छ। यस कार्यक्रमले लामो समयदेखि राष्ट्रिय परिचयपत्रको प्रतीक्षामा रहेका स्थानीय नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

यसैबीच, आम्चोकस्थित शुक्रबार बजारमा रहेको सानिमा बैंकबाट सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई भोलि बैंकमा उपस्थित भई आफ्नो भत्ता बुझ्नसमेत आग्रह गरिएको छ। वडा नम्बर ३ का सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई समयमै बैंकमा पुगेर सेवा लिन अनुरोध गरिएको हो।

त्यसैगरी, २०७७/७८ सालतिर आम्चोकमा सञ्चालन भएको शिविरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका नागरिकलाई आफ्नो परिचयपत्रको स्मार्ट कार्ड वडा नम्बर ३ को कार्यालयमा आएर बुझ्न आग्रह गरिएको छ।

राष्ट्रिय परिचयपत्र प्राप्त गर्नुपर्ने नागरिकको सहजताका लागि नामावलीसमेत सार्वजनिक गरिएको जनाइएको छ। सेवाग्राहीले उक्त नामावलीमा आफ्नो नाम हेरेर परिचयपत्र लिन सक्नेछन्।

थप जानकारी तथा सहजीकरणका लागि वडा अध्यक्षसँग सम्पर्क गर्न सकिने जनाइएको छ।

सम्पर्क नम्बर: ९७४९४३७६३१

राष्ट्रिय परिचयपत्र वितरण तथा सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी सेवाले स्थानीय नागरिकलाई सरकारी सेवा प्राप्त गर्न थप सहजता पुग्ने अपेक्षा गरिएको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved