Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैयाँ बराबरको जर्सी सेट सहयोग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ३०, २०८३ मा प्रकाशित

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैयाँ बराबरको जर्सी सेट सहयोग

फाकफोकथुम। जुरिथुम्की स्पोर्टिङ क्लबद्वारा आयोजित प्रथम जुरिथुम्की नकआउट फुटबल प्रतियोगितामा सहभागी त्रिवेणी युवा विकास संस्थाका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले खेलकुदप्रेमी तथा समाजसेवी अम्बर लिम्बूले १६ हजार रुपैयाँ बराबरको जर्सी सेट सहयोग गर्नुभएको छ।

फाकफोकथुम गाउँपालिका–४ का लिम्बूले प्रतियोगितामा सहभागी खेलाडीहरूको हौसला, उत्साह र मनोबल बढाउँदै संस्थाको खेलकुद विकास तथा युवा प्रोत्साहनमा योगदान पुर्‍याउने उद्देश्यले उक्त जर्सी सेट प्रदान गर्नुभएको हो।

उहाँको यस सहयोगले खेलाडीहरूलाई थप ऊर्जा र प्रेरणा मिल्नुका साथै स्थानीयस्तरमा खेलकुदको विकास, युवाको क्षमता अभिवृद्धि तथा सामाजिक सेवामा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।

सहयोगप्रति त्रिवेणी युवा विकास संस्थाले समाजसेवी लिम्बूप्रति हार्दिक आभार व्यक्त गरेको छ। संस्थाले खेलकुद प्रवर्द्धनप्रति उहाँले देखाउनुभएको उदारता, सद्भाव र सहयोगी भावनाको उच्च सम्मान गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।

संस्थाका अध्यक्ष इरन राईका अनुसार समाजसेवी लिम्बूको सहयोगले खेलाडीहरूलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न थप हौसला मिल्नेछ। उनले सहयोगी लिम्बूको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको कामनासमेत व्यक्त गरेका छन्।

स्थानीयस्तरमा खेलकुदको विकास र युवालाई प्रोत्साहन गर्न समाजसेवी तथा सहयोगी मनहरूबाट प्राप्त हुने यस्ता योगदानले खेलाडीहरूको मनोबल उच्च बनाउन र खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

ताजा समाचारहरु

IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित
Messenger_creation_81AC08FA-EC30-44DB-8B9F-7BE8EE387804

जुरिथुम्की गोल्ड कप असोज २६ देखि, मुख्य प्रायोजकमा सुजन श्रेष्ठ

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved