असिम कामु मगर
पाल्पा । जिल्लाको रिब्दीकोट–२, लघुवामा दुई वटा ट्रिपर आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् ।
ट्रिपर दुर्घटनामा परी गुल्मी जिल्ला रुरु गाउँपालिका–२, का ४५ वर्षीय टंकबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



ट्रिपर दुर्घटनामा परी गुल्मी जिल्ला रुरु गाउँपालिका–२, बस्ते ३८ वर्षका अशोक कुँवर, सोही स्थानका ४२ वर्षीया रमा कुँवर, ललितपुर जिल्लाका २६ वर्षीय राजेन्द्र बजगाई र नवलपरासी जिल्ला सुनवल–९, बस्ने २२ वर्षका किसन कुँवर रहेका छन् ।

घाइते अधिकांशको अवस्था मध्यम् रहेको छ । घाइते चारै जनाको उपचार अहिले तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । आइतबार दिउँसो तानसेन–तम्घास सडकखण्डमा तानसेनदेखि तम्घासतर्फ जाँदै गरेको बा. ४ ख ७३२० नम्बरको ट्रिपर र सोही दिशातर्फ गईरहेको प्रदेश ३–००१ क ०२५० नम्बरको ट्रिपर आपसमा ठोक्किएको थियो ।
ट्रिपर सडकदेखि २०० मीटर तल खसेको थियो । सिमेन्ट लिएर गुल्मी तर्फ जाँदै ट्रिपर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । प्रहरीले थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।















