Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

संसद् पुनर्स्थापना हुन्छ : हृदयेश त्रिपाठी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३०, २०७८ मा प्रकाशित

 

जगत ठाडा मगर
परासी । पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले देश राजनीतिक नेतृत्वको कब्जाबाट बाहिर जान थालेको टिप्पणी गरेका छन् ।

स्वास्थ्यमन्त्रीबाट पदमुक्त भएपछि आइतबार गृहजिल्ला नवलपरासी आएका पूर्वमन्त्री त्रिपाठीले दलहरुबीच देखिएको विभाजन र शत्रुतापूर्ण व्यवहारले संविधान समाप्त हुने अवस्थामा जानु देशकै लागि खतरा भएको बताएका हुन्।

‘संविधानको व्याख्या गर्ने अदालत नै हो। तर राजनीतिक घटनाक्रमलाई लिएर अदालतमा पुग्नु भनेको राजनीतिक दल र नेतृत्वको असफलता हो,’ उनले भने। संसद् पुनर्स्थापना र मन्त्रीमण्डल पुनर्गठन लगायत समसामायिक राजनीतिक विषय नै अदालतमाको हातामा पुग्नुलाई शुभ संकेत मान्न नसकिने उनको भनाइ छ।

वर्तमान राजनीतिक अवस्थालाई त्रिपाठीले ब्लेडको संज्ञा दिए। ‘अहिलेको राजनीति ब्लेड जस्तो छ। जाने बाल (कपाल) काट्छ। नजाने गाल (गाला) काट्छ। त्यसैले दलहरु सचेत भएर अगाडि नबढे संविधान समाप्त हुन्छ,’ उनले भने। अहिले संविधान घाइते भइसकेकाले संसद्ले मात्र त्यसलाई मलमपट्टी लगाउन सक्ने पनि उनले बताए। ‘संसद् २ प्रकारले फर्किन्छ।

एउटा चुनाव र अर्को विघटित प्रतिनिधिसभा पुनर्स्थापना। विचाराधीन त्यस विषयलाई अहिले गम्भीरताका साथ जनताले हेरिरहेका छन्,’ उनले भने। त्रिपाठीले घुमाउरो पारामा संविधानको रक्षाका लागि अहिले संसद् पुनर्स्थापना हुनुपर्ने संकेत गरेका थिए।

आफ्नो नयाँ दलबारे नेता त्रिपाठीले भने, ‘यसका लागि पूर्वराजदूत, पूर्वसचिव र अर्थशास्त्रीहरुले मस्यौदा तयार गरिरहेका छन्। २/३ महिनाभित्र मस्यौदा तयार हुन्छ र त्यसपछि पूर्व, पश्चिम र काठमाडौंमा भेला गरेर दल घोषणा गर्नेछौं।’

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.