Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इजरायली प्रधानमन्त्री नेतान्याहूलाई विपक्षी गठबन्धनले हटाउँदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३०, २०७८ मा प्रकाशित

असिम कामु मगर
जेरुसेलम: पटक पटक भएका आन्दोलनले हटाउन नसकेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई अब संसदले हटाउने अपेक्षा गरिएको छ । आइतबार हुने संसद बैठकमा वहुमत सांसदहरुले प्रधानमन्त्री नेतन्याहू विरुद्ध मतदान गर्ने भएका छन् । यससँगै १२ वर्षदेखि प्रधानमन्त्री पदमा रहेका नेतान्याहू पदमुक्त हुनेछन् ।

इजरायलको लिकुड पार्टीका नेता समेत रहेका नेतन्याहूलाई हटाउन यहाँ विभिन्न ८ दलहरुको गठबन्धन बनेको छ । गठबन्धन दलहरुले नेतान्याहूको विकल्प खोज्दैआएका थिए । २०१९ यता इजरायलमा चार पटक संसदीय निर्वाचन भइसके पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्दा यहाँको राजनीति थप अस्थिर बन्दैगएको छ ।

तर फरक बिचारका बावजुद पछिल्लो समय बनेको ८ दलको गठबन्धनले प्रधानमन्त्री नेतान्याहूलाई विस्थापित गर्ने तयारी गरेको हो । शनिबार राति पनि नेतान्याहूको निवास अगाडि पुगेर विभिन्न दलका हजारौँ कार्यकर्तासहित नागरिकहरुले प्रदर्शन गरेका थिए ।

विपक्षी गठबन्धन दलहरुको यसअघिको निर्णय अनुसार नेता नाफ्ताली बेनेट अबको प्रधानमन्त्री बन्नेछन् र उनको कार्यकाल दुई वर्षको मात्रै हुनेछ ।
विपक्षीहरुको गठबन्धनमा दुई वामपन्थी दल, तीन वटा दक्षिणपन्थी, दुई मध्यमार्गी दलका साथै अरब इस्लामिक पार्टी समेत समावेश छन् । यसवाहेक नागरिक अगुवाहरुले समेत नेतान्याहूको विकल्प खोजी गर्नुपर्ने भन्दैआएका थिए ।

इजरायलमा बलियो नेता ठानिएका नेतान्याहूविरुद्ध पछिल्ला केही वर्षदेखि नै पटक पटक आन्दोलन हुने गरेका थिए । तर विपक्षीहरु संगठित हुन नसक्दा उनी नै निरन्तर सत्तामा रहिरहे । यसपटक भने उनको हारसँगै राजनीतिक करिअर पनि संकटमा पर्न थालेको टिप्पणी हुन थालेको छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.