आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छ्न् सम्भावित कार्यसुची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्नेछ। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाडले नेपाली नागरिकता (पहिलो स‌ंशोधन) विधेयक २०७९ पेश गर्ने, शिक्षा विज्ञान तथा […]

आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रधानमन्त्री

काठमाडौं, असार २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य सामाजिक र सांस्कृति जागरणका सशक्त धरोहर भएको बताएका छन् । आदिकवि आचार्यको २०९औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै आदिकवि भानुभक्तले आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गरेको बताए। यस अवसरमा […]

आज आदिकवि भानुभक्तको २०९औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले […]

आज प्रतिनिधि सभा बैठक बस्दै (कार्यसूची)

काठमाडौं, असार २७ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्न लागेको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा नौ वटा विषय रहेका छन्। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार आज गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गर्नेछन् । त्यस्तै, उनले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो […]

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ: राष्ट्रपति भण्डारी

काठमाडौं, असार २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हा (बकर इद) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको बकर इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व […]

विविधताबीचको एकता नै राष्ट्रिय पहिचान हो: प्रधानमन्त्री देउवा

काठमाडौं, असार २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले शुभकामना सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गरेका छन्। उनले शुभकामना सन्देशमार्फत यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक […]

आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं, असार २६ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस […]

राष्ट्रपति भण्डारीले गरिन् दुईवटा विधेयक प्रमाणीकरण

काठमाडौं, असार २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले शुक्रबार दुई वटा विधेयक प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ […]

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, असार २४ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक सम्बन्धी […]

राष्ट्रियसभाबाट विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडाैं, असार २३ । राष्ट्रियसभामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ। प्रतिनिधि सभाबाट पारित गरिएको उक्त विधेयक आज राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गर्नु भएकामा सर्वसम्मतिले स्वीकृत गरिएको हो। छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले मदन भण्डारी विश्वविद्यालयलाई परम्परागत शिक्षाभन्दा […]