म जलेँ तिम्रो मायाले
म हारेँ तिम्रो जितले ।
हजारौंको आँसु झार्छ रे
हाम्रो त्यो प्रेम गीतले ।
बीस दिएकी रहिछ्यौ तिमीले
मैले अमृत पो ठानी पिएँ ।
झुटो माया गरेकी रहिछ्यौं
मैले भने चोखो माया लाएथें ।
मैले साँचो कुरा बोल्दा
मैले बोल्न जानिनँ रे ।
इमान्दारीको ठाउँ छैन यहाँ
मलाई शिक्षित जस्तो लागेन रे ।
जति चोट दिनु थियो
मलाई तिमिले दिइसक्यौं ।
अब त कुनै ठाउँ छैन
मेरो रगत पनि पिइसक्यौं ।
म जलेँ तिम्रो मायाले
म हारेँ तिम्रो जितले ।
दुनियाँको मन छुन्छ रे
हाम्रो त्यो प्रेम गीतले ।
नेपथ्य भित्रको आवाज
पेज ५८ बाट साभार
लेखक :तिलु खोजेली मगर























