Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन ४, २०८३ मा प्रकाशित

काठमाडौँ, साउन ४ — नेपालमा गत वैशाखदेखि हालसम्म प्राकृतिक तथा अन्य विपद्का घटनाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार चार महिनाको अवधिमा देशभर ३ हजार ४३५ वटा विपद्का घटना अभिलेख भएका छन्। ती घटनामा १६६ जनाको मृत्यु भएको छ भने ९८८ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार विपद्का कारण ४ हजार ५३१ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। आगलागी, पहिरो, बाढी, हुरीबतास, चट्याङ, सर्पदंशलगायतका घटनाले विभिन्न जिल्लामा जनजीवन प्रभावित बनाएको छ।

तथ्याङ्कअनुसार सबैभन्दा धेरै ९१४ वटा आगलागीका घटना भएका छन्। त्यसपछि सर्पदंशका ५३५, पहिरोका ४९५, हुरीबतासका ४७८, चट्याङका २२९, डढेलोका १९१, जनावरको आक्रमणका १९०, बाढीका १७१ तथा भारी वर्षाका १६६ घटना अभिलेख भएका छन्। यसबाहेक लेक लाग्ने ५५, असिनापानीका चार, डुङ्गा पल्टिएको एक, हिमपहिरोका दुई र अन्य चार वटा घटना पनि दर्ता भएका छन्।

प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार साउन २ गते बिहानदेखि साउन ३ गते बिहानसम्म मात्रै देशभर ५८ वटा विपद्का घटना भएका छन्। ती घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। यो अवधिमा ४५ जिल्ला कुनै न कुनै प्रकारको विपद्बाट प्रभावित भएका छन्।

मनसुन सक्रिय भइरहेका कारण आगामी दिनमा पनि बाढी, पहिरो, डुबान, चट्याङ तथा अन्य विपद्को जोखिम कायम रहने भएकाले सम्बन्धित निकायले सतर्कता अपनाउन र नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

ताजा समाचारहरु

FB_IMG_1784516835934

विश्वकप फाइनलपछि भावुक बने मेस्सी, स्पेनलाई दिए बधाई

  • साउन ४, २०८३ मा प्रकाशित
IMG-20260720-WA0000

उत्तरी इराकमा इरानी ड्रोन विस्फोट, अमेरिकी सैनिकको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित
IMG-20260712-WA0000

मनसुन सक्रिय : कोशीसहित विभिन्न प्रदेशमा भारी वर्षाको चेतावनी

  • साउन ४, २०८३ मा प्रकाशित
IMG-20260717-WA0000

वर्षाले देशभरको सडक सञ्जाल प्रभावित, आधा दर्जनभन्दा बढी प्रमुख...

  • साउन ३, २०८३ मा प्रकाशित
IMG-20260712-WA0000

चार प्रदेशमा अति भारी वर्षाको चेतावनी, सतर्क रहन मौसमविद्को आग्र

  • साउन ३, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.