Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

राष्ट्रिय एकता र मेलमिलापको सन्देश बोकेको पुस १६ : आज मेलमिलाप दिवस मनाइँदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १६, २०८२ मा प्रकाशित

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रियता, लोकतन्त्र र जनएकताको रक्षा गर्न जीवन नै अर्पण गर्ने दृढ संकल्पसहित अघि सारेको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ नीतिको स्मरणमा आज देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ।

आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा विचाराधीन रहँदा समेत व्यक्तिगत सुरक्षाभन्दा देशको भविष्यलाई प्राथमिकता दिँदै बिपी कोइराला स्वदेश फर्किएका थिए। विसं २०३३ पुस १६ गते उनले सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत थुप्रै नेता तथा कार्यकर्तासँगै करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्दै नेपाल प्रवेश गरेका थिए।

भारतमा निर्वासनको क्रममा सिक्किम भारतमा विलय भएको घटनालाई नजिकबाट अवलोकन गरेका कोइरालालगायतका नेताहरूले दक्षिण एसियामा देखिएको राजनीतिक विखण्डन र अस्थिरताबाट नेपाललाई जोगाउन राष्ट्रिय एकता अपरिहार्य ठानेका थिए। यही सोचका आधारमा दलगत द्वन्द्वभन्दा माथि उठेर राष्ट्रिय मेलमिलापको नीति लिई उनीहरू आजभन्दा ४९ वर्षअघि स्वदेश फर्किएका हुन्।

विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रद्वारा गरिएको शाही ‘कु’ पछि जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई सिंहदरबारमै करिब तीन महिना नजरबन्दमा राखिएको थियो। त्यसपछि विसं २०१८ फागुन २६ गते उनलाई सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास क्षेत्र घेरेर बनाइएको सुन्दरीजल बन्दीगृहमा सारिएको थियो।

लामो कारावासपछि विसं २०२५ सालमा स्वास्थ्य उपचारका लागि रिहा गरिएका कोइरालाले भारत पुगेपछि निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक गतिविधि पुनः सुरु गरेका थिए। भारतबाट पाकिस्तान अलग भएको, सिक्किम विलय भएको र एसियाली क्षेत्रमै विखण्डनका घटनाहरू बढिरहेको पृष्ठभूमिमा उनले नेपालको राष्ट्रियता कमजोर हुन नदिन मेलमिलाप र एकताको नीति अघि सारेका थिए।

स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बिपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूलाई पुनः पक्राउ गरी सुन्दरीजल बन्दीगृहमा राखिएको थियो। विसं २०३४ जेठ २७ गते उपचारका लागि पुनः विदेश जान पाउने गरी मिति खुला राखेर कोइरालालाई अस्थायी रिहा गरिएको थियो। त्यसपछि एकपटक पुनः सुन्दरीजल र पछि महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा समेत उनलाई नजरबन्दमा राखिएको थियो।

२४ रोपनी क्षेत्रफलमा फैलिएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रूपमा रूपान्तरण गरिएको छ। यही बन्दीगृहमा रहँदा बिपी कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’, ‘हिटलर र यहुदी’ लगायत चर्चित साहित्यिक कृतिहरू सिर्जना गरेका थिए। साथै ‘आफ्नो कथा’ आत्मजीवनी र जेल जीवनका अनुभव समेटिएको ‘जेल जर्नल’ पनि यही कालखण्डको उपज हो।

सुन्दरीजलमै पुनः बन्दी बनाएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ शीर्षकमा प्रकाशित छ।

राजनीतिज्ञ मात्र नभई बिपी कोइराला नेपाली साहित्यमा यौन मनोवैज्ञानिक धाराका प्रवर्तकका रूपमा समेत चिनिन्छन्। उनका कृतिहरूले नेपाली समाज, राजनीति र मानवीय मनोविज्ञानलाई गहिरो रूपमा चित्रण गरेका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज नेपाली कांग्रेस तथा यसका भ्रातृ र शुभेच्छुक संस्थाहरूले देशभर विविध कार्यक्रम आयोजना गर्दैछन्। बिपी सङ्ग्रहालयले पनि विशेष कार्यक्रमको आयोजना गर्ने जनाएको छ। यद्यपि प्रत्येक वर्ष पुस १६ गते मनाइने यो दिवस औपचारिकतामा सीमित हुँदै गएको भन्दै यसको मर्म र सन्देशलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको टिप्पणीसमेत हुँदै आएको छ।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.