हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज, असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने

काठमाडौं, जेठ ३० । सरकारले असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम गर्ने भएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय र कार्यालय समय खारेज गरेको जनाएको हो । जेठ २३ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार असार १ गतेदेखि बिदा र […]

कांग्रेसको एकलौटी सरकार होइन, त्यसैले सरकारसँग धेरै माग नराख्नुहोस् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीले चाहेअनुसार सरकार नचल्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं शुरू भएको राष्ट्रिय सम्मेलनको उद्घाटनमा कांग्रेसको एकलौटी सरकार नभएकाले चाहेअनुसार धेरै काम गर्ने स्थिति नरहेको बताउनुभयो । उहाँले पार्टी सम्बद्ध संघसंस्थाका प्रतिनिधिलाई सरकारसँग धेरै माग नगर्न आग्रह पनि गर्नुभएको छ । नेपाली कांग्रेसको एकलौटी सरकार नभई गठबन्धनको भएका […]

प्रतिनिधिसभामा आजदेखि बजेटबारे मन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको सोमबारदेखि विनियोजन विधेयक, २०७९ माथिको छलफलमा उठेका प्रश्‍नको जवाफ दिने भएका छन्। विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम आइतबार सकिएको हो। आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि आगामी बैठकमा […]

प्रतिनिधिसभा बैठकबाट दुई विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाइएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन […]

बेनी नगरपालिकाले खेतीयोग्य जमिनका रुख कटान गर्ने

बेनी, जेठ २६ । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ । अन्न उब्जनी हुने जग्गामा रहेका रुखका कारण उत्पादनमा कमी आएकाले कटान गर्न लागिएको हो । ‘किसानले खेती गर्न छोडेकाले खेतीयोग्य जमिन बाँझोमा परिणत हुनबाट जोगाउन रुख कटान गर्न लागिएको हो,’ उपमेयर ज्योति लामिछानेले भनिन् । बाँझो जमिन […]

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल

काठमाडौं, जेठ २६ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल गरिनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । यस्तै सांसद प्रेम सुवाल, दुर्गा पौडेल […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ । संसद बैठक अगाडि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यस्तो छ आजको कार्यसूची  

प्रहरी इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट मधेशी समुदायका महिला एआइजी

काठमाडौ । नेपाल प्रहरीको इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी बनेकी छिन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पूजा सिंहलाई एआइजीमा बढुवा गरेको हो । ०४९ मा इन्स्पेक्टरमा भर्ना भएकी पूजा सिंह मधेसी समुदायकी पनि हुन् ।उनी मधेसी समुदायकी पनि हुन् । यसअघि प्राविधिकतर्फ महिला एआइजी भए पनि प्रशासनतर्फबाट भने महिला डिआइजीसम्म मात्र पुगेका थिए । पार्वती […]

जलवायु परिवर्तनबाट नेपालजस्ता मुलुक बढी प्रभावित: प्रधानमन्त्री देउवा

काठमाडौं, जेठ २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गरेका छन्। विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको […]

हजयात्रीको शुल्क घटाउन माग गर्दै गहृमन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाडौँ, जेठ २१ । गृहमन्त्री बालकृष्ण खाणलाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा गएको टोलीले आज मन्त्री खाणलाई भेटी हज गर्न जाने हजयात्रीका लागि तोकिएको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको सङ्गठनका सचिव हलिम साहले जानकारी दिनुभयो । […]