शिक्षक बढुवा गर्दै आयोग, माग्यो आवेदन

काठमाडौ, माघ १२ । शिक्षक सेवा आयोगले शिक्षक पदको बढुवाका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सामुदायिक विद्यालयहरूमा प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षक पदहरूमा बढुवाका लागि आवेदन मागेको छ। आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवा (७५ प्रतिशत) द्वारा रिक्त प्रथम र द्वितीय श्रेणीमा शिक्षक […]

सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

घनगढी । सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोना संक्रमण ओमिक्रोन बढ्दै गएको भन्दै विश्वविद्यालयले माघ महिनाभरि हुने सबै परीक्षा स्थगित भएको जनाएको छ । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले यही माघ १६ गतेदेखि सुरु हुन लागेको स्नातक तहको व्यवस्थापन संकायका पहिलो, दोस्रो र तेस्रो वर्षका परीक्षा गर्ने निर्णय गरेको हो […]

परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ नगर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, माघ ११ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा समयमै प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् । त्रिविले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भइरहेको गुनासो आइरहेका बेला मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरूलाई निर्देशन […]

त्रिविमा मंगलबारदेखि अनलाइन कक्षा सञ्चालन

काठमाडौं, माघ १० । त्रिभुवन विश्वविद्यालयले भोलि (मंगलबार)देखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमण बढेकाले विश्वविद्यालय र सो मातहतका क्याम्पसमा अनलाइनको माध्यमबाट कक्षा सञ्चालन हुने निर्णय गरेको हो । यसका लागि आज अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालका अनुसार अनलाइन कक्षा […]

वैशाखमा एसइई र जेठमा कक्षा १२ को परीक्षा गर्ने तयारी

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्ने गरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा […]

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमणका कारण सबै परीक्षा स्थगित गरेको छ। बिहीबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले माघ ९ गतेदेखि सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। त्रिविले वार्षिक प्रणाली तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। रोकिएका परीक्षा हुने बारे परीक्षा नियन्त्रण कार्यालयले अर्को निर्णय […]

त्रिविको परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौ, ०६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री देउवाले परीक्षा कोठामा पर्याप्त स्यानिटाइजर भए नभएको र कोभिड प्रोटोकल पालना भए नभएको अनुगमन गर्न निर्देशन दिएका हुन्। देउवाले मुख्यसचिव शंकरदास वैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गर्न निर्देशन दिएका हुन्। उनले कोभिड […]

विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना

काठमाडौँ, माघ ६ गते । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ । उक्त योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३ अर्ब ४३ करोड रुपियाँ लगानी रहने मन्त्रालयले जनाएको छ । बाँकी पाँच वर्षमा खर्च हुने रकम भने पछि तय गरिने मन्त्रालयका योजना महाशाखाका सहसचिव डा. तुलसी थपलियाले जानकारी […]

त्रिविमा पढाइ बन्द हुने, परीक्षा नरोकिने

काठमाडौं, माघ २ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् । त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ […]

मेडिकल कलेजको शुल्क विवादबारे शिक्षा मन्त्रालयमा वार्ता हुदै

काठमाडौ, पुस ३० । मेडिकल कलेजहरुले तोकिएको भन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकार भएका पक्षसँग वार्ता सुरु गरेको छ। शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज सिंहदबारमा भएको वार्तामा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका पदाधिकारी, काठमाडौँ विश्वविद्यालयका डिन, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, मेडिकल शिक्षा व्यवसायी सुनिल […]