यस बर्षको एसईई परीक्षा बैशाख ९ गतेदेखी संचालन

काठमाडौँ, माघ २६ । यसबर्षको एसईई परीक्षा बैशाख ९ गते देखि हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए। उनले संचारकर्मी संग भने, ‘परीक्षाको मिति तय भएको हो। बैशाख ९ गतेदेखि परीक्षा हुने भएको हो।’ परीक्षाको समयतालिका बिहीबारको […]

कर्णालीमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय

सुर्खेत, माघ २६ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले खोप […]

एसईई, परीक्षा तालिका एक दुई दिनमै सार्बजनिक गर्ने तयारी

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताए । रापबोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा […]

त्रिविको स्थगित परीक्षा फागुनमा गर्ने तयारी

काठमाडौँ, माघ १७ । कोरोना महामारीको तेस्रो लहरका कारण स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ । सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा […]

जनता आधारभुत विद्यालय धनगढवाकाे १३औं वार्षिकोत्सब सम्पन्न

महेश यादव नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -५ मा अवस्थित श्री जनता आधारभुत विद्यालय धनगढवाकाे १३औं वार्षिकोत्सबकाे अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाेपिचन्द हरिजनकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अतिथतामा आयाेजित विद्यालयको १३औं वार्षिकोत्सबकाे अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न […]

चिकित्सा शिक्षा आयोगले गर्‍यो तीन जनाको परीक्षाफल रद्ध

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तीन जनाको परीक्षाफल रद्ध गरेको छ । यहि माघ ८ गते सञ्चालन भएको स्नातकोत्तर तहको एमडी/एमएस, एनबीएमएस शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षामा सामेल तीन जनाको परीक्षाफल रद्ध भएको हो । परीक्षामा अमर्यादित काम गरेको पाइएको भन्दै आयोगले रोलनम्बर ८०१७३, १०७७० र १२७०९ को परीक्षाफल रद्ध गरेको आयोगका उपसचिव बद्री बहादुर […]

शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गदैंछौं: राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, माघ १५ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै ती कानुनहरु बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढि बन्ने बताएका हुन् । शनिबार […]

माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं, माघ १४ । कोरोना भाइरसको जोखिमले बन्द रहेको विद्यालय आगामी माघ मसान्तसम्म कायम राख्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीको बैठकले विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले बताइन् । उनका अनुसार परीक्षाहरु भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ ।

माघ अन्तिम साताबाट विद्यालय खुलाउन संचालकको सरकारलाई सुझाव

काठमाडौ । निजी विद्यालय सञ्चालकहरूले माघको अन्तिम सातादेखि भौतिक रूपमा कक्षा सञ्चालनको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँगको छलफलमा प्याब्सन तथा राष्ट्रिय प्याब्सनका पदाधिकारीले यस्तो सुझाव दिएका हुन् । मन्त्री पौडेलले बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल प्याब्सन र बिहीबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालसँग […]

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

तनहुँ, माघ १३ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेसन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड प्राप्त गर्ने निर्मल जिल्लाकै एकमात्र विद्यालय हो । सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी र रोचक बनाउने अभिप्रायले विद्यालयले सञ्चालन […]