बुटवलमा दुई दिन बिद्यालय बन्द

बुटवल, पुस १५ । चिसो बढेसँगै बुटवलका विद्यालय दुई दिन बन्द हुने भएका छन्। मंगललबार रातिदेखि लगातार परेको वर्षासँगै अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो। उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस १५ बिहीबार र १६ गते शुक्रबारविद्यालय बन्द गर्ने निर्णय गरेको छ। वर्षे […]

शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकका लागि दरर्खास्त आह्वान

काठमाडौ, पुष १४ । शिक्षकका लागि ठूलो संख्यामा विज्ञापन खुलेको छ। शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा गरी १७ हजारभन्दा बढी शिक्षकका लागि दरर्खास्त आह्वान गरेको छ। आयोगका अनुसार प्राथमिक तहका लागि १३ हजार ९३ शिक्षकका लागि विज्ञापन गरिएको छ । यस्तै निम्नमाध्यमिक तहका लागि २५ सय ९७ र माध्यमिक तहका लागि १५ […]

शिक्षामा १ देखि १२ सम्म एउटै मापदण्ड, ३५ प्रतिशत अंक प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने

काठमाडौँ, पुस १२ गते । विद्यालय तहका परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने भएका छन् । ३५ प्रतिशतले स्तरीकृत अङ्क (जीपीए) १.६ लाई जनाउँछ । २०७२ सालबाट लागू गरिएको अक्षराङ्कन पद्धतिका कारण विद्यार्थीको सिकाइमा समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अक्षराङ्कन निर्देशिका, २०७८ जारी गरेको छ । निर्देशिकाले […]

एसइई खारेज गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

काठमाडौ । संसद्को ‘शिक्षा तथा स्वास्थ्य समिति’ले एसइई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले समितिले यसअघि २९ जेठ ०७७ मै एसइई खारेज गर्न दिएको निर्देशन कार्यान्वयन गर्न पुनः निर्देशन दिएको हो । समितिले गत २९ जेठमा भनेको थियो, ‘कोरोना संक्रमणले ल्याएको संकटपूर्ण अवस्थामा यो वर्षका लागि एसइई परीक्षा सञ्चालन नगर्ने […]

त्रिविको चेतावनी : शिक्षकहरु राजनीतिक दलको उम्मेदवार बने कारबाही गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक तथा सार्वजनिक पदमा बहाल कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि सार्वजनिक सूचना जारी गरेर त्रिविले कारबाहीको चेतावनी दिएको हो । ‘विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारी प्रचलित […]

शैक्षिक संस्था तथा सहकारी संस्थाका लागि कम्प्युटर बितरण

पर्सा । पर्सा जिल्लाको पर्सा गढी नगरपालिकामा शैक्षिक संस्था तथा सहकारी संस्थाहरुका लागि कम्प्युटर बितरण गरेको छ। पर्सागढी नगरपालिकाको नगर प्रमुख लोकनारायण यादवको प्रमुख अतिथि तथा बिशिष्ट अतिथि नगर उप प्रमुख अर्चना चौधरीको बिशेष उपस्थितीमा कम्प्युटर बितरण गरिएको हो । पर्सा गढी नगरपालिकाको नगर भित्र रहेका शैक्षिक संस्था तथा सहकारी संस्थालाई १६ थान कम्प्युटर सेट […]

विश्वविद्यालयको शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यवहारिक, जीवनोपयोगीका साथै समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा जोड दिएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयको शिक्षा मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, परिवर्तनशील र युग […]

कक्षा १२ नतिजा विवादः १५ दिनभित्र पुनः उत्तरपुस्तिका परीक्षण गरेर नतिजा प्रकाशन गर्ने सहमति

पोखरा । कक्षा १२ मा कानुन पढेका गण्डकीका आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच पुनः उत्तरपुस्तिका परीक्षण गरेर १५ दिनभित्र नतिजा प्रकाशन गर्ने सहमति भएको छ । संयुक्त विद्यार्थी संगठन, विद्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा १५ दिनभित्र विद्यार्थीको उत्तरपुस्तिका पुनः परीक्षण गरेर नतिजा प्रकाशन गर्ने सहमति भएको हो । त्यस्तै उत्तरपुस्तिका पुनःपरीक्षणको माग गर्दै भएको आन्दोलनमा […]

तनहुँ ब्यास नगरपालिकाद्वारा कम विद्यार्थी भएका विद्यालय ‘मर्ज’ गरिने

दमौली । तनहुँ व्यास नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयलाई मर्ज (एक आपसमा गाभिने) गर्ने निर्णय गरेको छ । नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । नगरपालिकाभित्रका विद्यालयमा दरबन्दी कटौती गर्दै जाँदा विद्यालयमा कार्यरत शिक्षकको दरबन्दी मिलान गर्नुपर्ने भएकाले विद्यार्थी कम भएका विद्यालय गाभिने तयारी गरेको हो । साथै बालविकासमा न्यूनतम […]

शिक्षा क्षेत्रमा सरकारले पर्याप्त मात्रामा बजेट नदिँदा सामुदायिक विद्यालयहरुले शुल्क उठाउन बाध्य

भरतपुर । शिक्षा क्षेत्रमा सरकारले पर्याप्त मात्रामा बजेट नदिँदा सामुदायिक विद्यालयहरुले शुल्क उठाउन बाध्य भएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले शुक्रबार गरेको अन्तरक्रिया कार्यक्रममा सरोकार निकायहरुले शिक्षामा बजेट बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् । उनीहरुले शिक्षामा पर्याप्त बजेट नहुँदा सामुदायिक विद्यालयहरुले शुल्क उठाउन बाध्य भएको बताए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल […]