आज देशभर २७४ कोरोना संक्रमित थपिँदा निको हुने २७० जना, ३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ९ हजार १६ जनाको परीक्षण गर्दा २७४ जनामा संक्रमण देखिएको हो। सोही अवधिमा २७० जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै मुलकभर कोरोना संक्रमितको कुल संख्या ८ […]
पछिल्लो २४ घण्टामा १८४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८४ जनामा कोरोना संक्रमण देखिएको छ । ११०१८ जनामा गरिएको नमूना परीक्षणमा १८४ जनामा संक्रमण पुष्टि भएको हो । उक्त समयावधिमा २ जना संक्रमितको मृत्यु भएको छ भने २६७ जना संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । अहिले देशभर योसँगै ५५२६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]
एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण देखिएको छ । उनले मंगलबार ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘कोरोना पोजिटिभ आएको छ । सामान्य लक्षण देखिएको छ । चार पाँच दिन यता मसँग नजिक रहनुभएका सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा जाँच गराउन अनुरोध गर्दछु […]
प्रदेश २ मा स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालय स्थापना

जनकपुरधाम, २६ मंसीर । प्रदेश नम्वर २ को मुख्यमन्त्री लालबाबु राउतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् इकाइ कार्यालयको आइतवार उद्घाटन गरेका छन् । धनुषाको सपहीस्थित प्रदेश स्वास्थ्य निर्देशनालयको प्राङ्गणमा निर्मित भवनमा कार्यालयको स्थापना गरेको हो । कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा अनुसन्धान परिषद्को इकाई कार्यालय स्थापना हुनु स्वागतयोग्य रहेको बताए । उनले परिषद्ले समय समयमा […]
पछिल्लो २४ घण्टामा २३६ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३६ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार १७८ जनामा गरिएको परीक्षणमा २३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका अनुसार योसँगै अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ५८८३ रहेकोे छ । पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ भने ३०७ जना […]
ओली अस्वस्थ, आजका भेटघाट कार्यक्रम सबै रद्द

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई रूखाघोकीसहित ज्वरो आएपछि आजका भेटघाट कार्यक्रम रद्द गरिएको उनको सचिवालयले जनाएको छ। आज भएको एमालेनिकट प्रेस चौतारीको कार्यक्रममा समेत आफू नगएर उनले प्रदीप ज्ञवालीलाई पठाएका छन् । ओली अहिले बालकोटस्थित निवासमा आराम गरिरहेका छन् । बिहान ८ बजेदेखि उनी कोहीसँग पनि भेटघाट […]
ओमिक्रोन भेरियन्ट देखिएका दुवैजना संक्रमणमुक्त

काठमाडौ । ओमिक्रोन भेरियन्ट देखिएका दुईजना संक्रमणमुक्त भएका छन् । मंगलबार गरिएको कोरोना परीक्षणमा ६६ वर्षका विदेशी र ७१ वर्षका नेपाली नागरिक दुवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । स्वास्थ्य मन्त्रालयले सोमबार अफ्रिका हुँदै ३ मंसिरमा नेपाल आएका दुईजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताएको थियो । उनीहरूको सम्पर्कमा रहेका ६६ […]
ताप्लेजुङमा ५० हजार नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

ताप्लेजुङ । ताप्लेजुङमा झन्डै ५० हजार नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार ४९ हजार ६ सय ४९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार सबैभन्दा बढी भेरोसेल खोप लगाएका छन् । ३० हजार ६ सय ६ जनाले भेरोसेल खोपको दुबै मात्रा(डोज) लगाएका छन् […]
नेपालमा आज २०५ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज २०५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७४७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । आरटी—पीसीआर विधिबाट ७ हजार ९९५ जनाको परीक्षण हुँदा २०० र एन्टीजेन विधिबाट २ हजार ७५२ परीक्षण हुँदा ५ जनामा संक्रमण देखिएको हो । मन्त्रालयले ४३६ जना […]
झापामा डेङ्गु लागेका ९ जना बिरामी फेला

काठमाडौं । विगतमा महामारीकै रुपमा देखिएको डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना डेङ्गुका बिरामी फेला परेका छन् । विर्तामोड नगरपालिकामा पाँच जना र मेचीनगर नगरपालिकामा चार जना फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा देखिएको छ । हाल उनीहरु बिर्तामोडमा रहेको विर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर […]
