आजबाट लक्षित समूहलाई कोरोनाको ‘बूस्टर डोज’ खोप

काठमाडौं । सरकारले लक्षित समूहलाई आजबाट कोभिड–१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो । मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी संक्रमण […]

हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन्। स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन्। विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिए। ती पालिकाका ती […]

काठमाडौंको एक संस्थाले लहान केयर सेन्टरलाई ५० लाखको सामान सहयोग

महेश सिंह सिरहा, पुष १८ । सिरहाको लहान नगरपालिकास्थित संचालनमा रहेको लहान क्यान्सर केयर सेन्टरलाई काठमाडौंको एक संस्थाले ५० लाख बराबरको सामान सहयोग गरेको छ । लहान नगरपालिका वडा नम्बर ७ स्थित लहान क्यान्सर केयर सेन्टरलाई विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् । नेपाल क्यान्सर रिलिफ सोसाइटीका केन्द्रिय कार्यबाहक अध्यक्ष महेश श्रेष्ठ, बिमल वडा […]

विद्यालयमा कोरोनाविरुद्धको खोप लगाइँदै

डोटी । जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन् । उनले भनिन्, “विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थी बढी […]

निजी अस्पताल र मेडिकल कलेजमा पनि कोरोनाको खोप केन्द्र अनुमति दिईने

काठमाडौ, पुस १३ । सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिइने छ । मेडिकल कलेज र निजी अस्पतालले चाहेको खण्डमा सम्बन्धित […]

पछिल्लो २४ घण्टामा २१९ जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । एन्टिजेन र पीसीआर विधिबाट गरिएको ९ हजार ६७७ जनाको परीक्षणमा २१९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आज २८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हाल सक्रिय संक्रमितको संख्या ४९०६ कायम भएको छ […]

भरतपुर अस्पतालमा तीन डाइलासिस मेसिन थपियो

चितवन । भरतपुर अस्पतालले मिर्गौलाको डाइलासिस मेसिन कम भएपछि थप गरेको छ । अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो । अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार समितिले निर्णय गरेर थप […]

प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै

जनकपुर, पुस ४ गते । पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ । गतमङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ । […]

कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका सङ्क्रमितको मृत्यु

बैतडी । बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । मृत्युका हुनेमा दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको रहेको छ । उनको जिल्ला अस्पतालमा मृत्यु भएको हो । बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी […]

पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको परीक्षण गर्दा १८९ जनामा कोरोना संक्रमण देखिएको हो । ५,४८३ जनाको पीसीआर परीक्षणमा १५८ र २,५१४ जनाको एन्टिजेन परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भ्एको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ […]