Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

फाकफोकथुममा लैङ्गिक समानता र सामाजिक समावेशीकरणबारे महिला नेतृत्वलाई अभिमुखीकरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ २३, २०८३ मा प्रकाशित

इलाम, । लामको फाकफोकथुम गाउँपालिकाका सातवटै वडामा सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

गैरसरकारी संस्था महासंघ इलामको आयोजना तथा फाकफोकथुम गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त एकदिने कार्यक्रममा शिक्षिका, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका प्रतिनिधि, सहकारीकर्मी, महिला सञ्जालका सदस्य, विभिन्न राजनीतिक दलका महिला नेतृहरू तथा वडा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममार्फत समाजमा समान अवसर, महिला सशक्तीकरण, समावेशी विकास र निर्णय प्रक्रियामा महिलाको प्रभावकारी सहभागिताका विषयमा जानकारी आदानप्रदान गरिएको आयोजकले जनाएको छ। साथै, स्थानीय तहको विकास र नीति निर्माणमा महिलाको भूमिका अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।

आयोजकका अनुसार प्रत्येक वडाबाट ३० जनाका दरले कुल २१० जना सहभागी गराउने लक्ष्य राखिएको थियो। तर कार्यक्रमप्रति देखिएको उत्साह र चासोका कारण सातवटै वडामा गरी ३०० भन्दा बढी महिलाले प्रत्यक्ष रूपमा लाभ लिएका छन्।

कार्यक्रम सम्बन्धित वडाका वडाध्यक्षहरूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समापन तथा समग्र समीक्षा कार्यक्रम भने वडा नम्बर ३ मा गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई स्थानीय विकाससँग जोडेर व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए।

यसैबीच, कार्यक्रमको सहजीकरण शर्मिला राई र गायत्री थेगिमले गर्नुभएको थियो। सहभागीहरूले यस्ता सचेतनामूलक तथा क्षमता विकासका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।

ताजा समाचारहरु

IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैया...

  • जेष्ठ २५, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलरसहित प्रमुख ...

  • जेष्ठ २४, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, केही क...

  • जेष्ठ २४, २०८३ मा प्रकाशित
FB_IMG_1780760155885

पशुपतिनगरमा पर्यटन प्रवर्द्धनका लागि सवारी चालकलाई अभिमुखीकरण

  • जेष्ठ २३, २०८३ मा प्रकाशित
IMG-20260606-WA0003

तारकेश्वरमा घरायसी विवाद दुःखद बन्यो, श्रीमतीको मृत्युपछि श्री...

  • जेष्ठ २३, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.