Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पशुपतिनगरमा पर्यटन प्रवर्द्धनका लागि सवारी चालकलाई अभिमुखीकरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ २३, २०८३ मा प्रकाशित

इलाम, । सीमावर्ती क्षेत्र पशुपतिनगरमा पर्यटन सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सवारी चालक तथा यातायात व्यवसायीहरूबीच पर्यटनसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पर्यटन कार्यालय काँकडभिट्टाको आयोजनामा सूर्योदय नगरपालिका–२ स्थित वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा पर्यटकमैत्री व्यवहार, सुरक्षित यात्रा सेवा तथा पर्यटन विकासमा यातायात क्षेत्रको योगदानबारे विस्तृत छलफल गरिएको हो।

कार्यक्रममा बोल्दै सहभागीहरूले कुनै पनि पर्यटकले कुनै स्थानको पहिलो अनुभव प्रायः सवारी चालक र यातायात सेवामार्फत प्राप्त गर्ने भएकाले चालकहरूको व्यवहार र सेवा शैलीले पर्यटन क्षेत्रको छविमा प्रत्यक्ष प्रभाव पार्ने धारणा व्यक्त गरेका थिए। स्थानीय स्तरमा पर्यटनलाई थप आकर्षक बनाउन विनम्र व्यवहार, सही सूचना प्रवाह र सुरक्षित यात्राको वातावरण निर्माण आवश्यक रहेकोमा जोड दिइएको थियो।

अभिमुखीकरण कार्यक्रममा अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराई र सागर शिवाकोटीले प्रशिक्षण प्रदान गरेका थिए। शिवाकोटीले पर्यटन व्यवसाय, यातायात सेवा र पर्यटकबीचको सम्बन्धबारे प्रकाश पार्दै सवारी चालकहरूलाई स्थानीय पर्यटनका अनौपचारिक दूतका रूपमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। उनले पर्यटकलाई गन्तव्य, संस्कृति र स्थानीय विशेषताबारे सही जानकारी दिन सके पर्यटन क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने उल्लेख गरे।

त्यसैगरी, प्रमुख भट्टराईले विदेशी पर्यटक नेपाल प्रवेश गर्दा अपनाउनुपर्ने कानुनी प्रक्रिया, अध्यागमन कार्यालयबाट उपलब्ध गराइने सेवा तथा पर्यटकसँग व्यवहार गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी गराएका थिए। सीमावर्ती नाका हुँदै नेपाल भित्रिने पर्यटकलाई सहज र सकारात्मक अनुभव दिलाउन सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष डिक बम्जन प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पर्यटन अधिकृत निरोज कट्टेलले सञ्चालनको जिम्मेवारी सम्हालेका थिए भने वडा सदस्य चन्द्रकला खत्री, पशुपतिनगर जिप तथा ट्याक्सी व्यवसायी संघका अध्यक्ष मिलन क्षेत्री तथा पर्यटन कार्यालयका लेखा अधिकृत इश्वरी प्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा पशुपतिनगर क्षेत्रका २० भन्दा बढी सवारी चालक तथा यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पर्यटकलाई मर्यादित, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै स्थानीय पर्यटन प्रवर्द्धनमा सक्रिय योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका थिए।

पर्यटन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका सवारी चालक र यातायात व्यवसायीलाई लक्षित यस्ता कार्यक्रमले सीमावर्ती क्षेत्रको पर्यटन गतिविधि सुदृढ बनाउन तथा नेपाल भ्रमणमा आउने पर्यटकलाई सकारात्मक सन्देश दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ताजा समाचारहरु

IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैया...

  • जेष्ठ २५, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलरसहित प्रमुख ...

  • जेष्ठ २४, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, केही क...

  • जेष्ठ २४, २०८३ मा प्रकाशित
FB_IMG_1780747032813

फाकफोकथुममा लैङ्गिक समानता र सामाजिक समावेशीकरणबारे महिला नेतृ...

  • जेष्ठ २३, २०८३ मा प्रकाशित
IMG-20260606-WA0003

तारकेश्वरमा घरायसी विवाद दुःखद बन्यो, श्रीमतीको मृत्युपछि श्री...

  • जेष्ठ २३, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.