तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, जेठ २२ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै शुक्रबारको तुलनामा ६०० ले घटेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ […]

खाडीबाट फर्केर गाउँमा भैँसीपालन, मासिक चार लाख आम्दानी

file picture

म्याग्दी, जेठ २१ । म्याग्दीका एक युवाले संस्कृत साहित्यको ‘उद्यमेन सिद्धयन्ती कार्याणी वा मनोरथै’ अर्थात् उद्यमद्वारा नै आफ्ना सम्पूर्ण कार्य र मनोरथहरु (चाहना) पूरा गर्न सकिन्छ भन्ने उक्तिलाई व्यावहारिक रुपमा नै चरितार्थ गरी दिएका छन् । १० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किएका म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका ३८ वर्षीय युवा सुरेश ढुङ्गानाले पेशा, परिश्रम […]

१७ खर्ब ९३ अर्ब ८३ करोड, पछिल्ला छ वर्षको बजेट

काठमाडौं । सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा ठूलो हुने गरी प्रस्तुत गर्नुभएको हो । अर्थमन्त्री शर्माका अनुसार बजेटमा चालुतर्फ कूल रु सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् […]

आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत गर्दै

काठमाडौं, जेठ १५ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । शनिबारको संसद् बैठकबाट आर्थिक वर्ष २०७९/८० को […]

सभामुख सापकोटा समक्ष अर्थमन्त्री शर्माद्वारा बजेट ‘ब्रिफिङ’

काठमाडौं, जेठ १४ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिएका छन् । आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन् । सभामुख सापकोटाले सङ्घीय संसद्को बजेटसँग जोडिएका अन्य विषयमा अर्थमन्त्री शर्मालाई स्मरण गराएका हुन् । […]

सरकारले कर्मचारीको तलब बढाउने

काठमाडौं, जेठ १४ । यो वर्ष के कति र कसरी तलब बढाउने भन्ने निर्णय पनि अन्तिम बेलामा राजनीतिक रूपबाटै लिइनेछ। अर्थमन्त्री एक्लैले यस्तो निर्णय गर्ने प्रचलन छैन। विगतमा जस्तै यो वर्ष पनि समितिको सिफारिस र अर्थ मन्त्रालयले खोजेको स्रोतलाई आधार बनाएर अर्थमन्त्री शर्माले तलब बढाउने निर्णय राजनीतिक रूपबाट गराउने ती अधिकारीले जानकारी दिए। अर्थ मन्त्रालयका […]

पेट्रोलियम पदार्थको मूल्यमा १० रुपैयाँ कर घटाउन मन्त्रिपरिषद्‍ले दियो सैद्धान्तिक सहमति

काठमाडौं, जेठ १३ । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा कर घटाउने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउन लागिएको हो । अर्थमन्त्रालयका अनुसार यही जेठ १० गते बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक सहमति […]

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढायो

काठमाडौं, बैशाख ३१ । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । बढेको मूल्यसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । सरकारले चुनावलगत्तै […]

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, बैशाख २८ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै ९७ हजार रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि […]

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, बैशाख २७ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ७०० रुपैयाँले घट्दै ९८ हजार रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनको तुलनामा तोलामा ७०० रुपैयाँले […]