डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटाउने सरकारको तयारी

काठमाडौँ, असार ११ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लगाएको कर घटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो । त्यही निर्देशनका आधारमा सरकारले शनिबारकै दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गर्ने सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी […]
पोखरा महानगरको बजेट रु आठ अर्ब ७७ करोड ७५ लाख

कास्की । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार साँझ महागनगरको ११ नगरसभामा पर्यटन प्रवद्र्धन, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण तथा फोहोमैला व्यवस्थापन, संस्थागत विकास र सुशासन र […]
बुटवलले उपमहानगरपालिकाले ल्यायो दुई अर्ब ३५ करोडको बजेट

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ ।उपमहानगर नगर सभाको ११औँ धिवेशनमा शुक्रबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । बजेट व्यवस्थापनका लागि आन्तरिक आयबाट ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानबापत एक करोड […]
भरतपुर महानगरपालिकाको बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६

चितवन, असार १० । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ बढाएको छ । अघिल्लो आर्थिक बर्षभन्दा ९३ करोड २९ लाख ९१ हजार बराबरको बजेट बढाएको हो । महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षका लागि ४ अर्व ८१ करोड […]
वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक

वीरगञ्ज, असार १० । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाले आज वीरगञ्ज–१० मा आयोजना गरेको ११औँ नगरसभामा आगामी आर्थिक वर्ष लागि तीन अर्ब ३३ करोड ६३ लाख २६ हजारको अनुमाति बजेट सार्वजनिक गरेको हो। ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ […]
विराटनगर महानगरपालिकाको बजेट आज सार्वजनिक गरिँदै

विराटनगर । प्रदेश १ को एउटा मात्रै महानगरपालिका विराटनगरको बजेट आज (शुक्रबार) सार्वजनिक गरिँदै छ। मेयर नागेश कोइरालाको नेतृत्वमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरिने भएको हो। बजेट ३ अर्ब ५० करोड हाराहारीको हुने बताइएको छ। चालू आर्थिक वर्ष २०७८/०७९ का लागि विराटनगर महानगरपालिकाले ४ अर्ब ६० करोड ८१ लाख बराबरको बजेट ल्याएको […]
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ः ०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर रु १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ । निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा […]
तालाबन्दीले पोल्ट्रीमा दैनिक १२ लाख घाटा

धनुषा, असार ३ । स्थानीयवासीले दुई सातादेखि गरेको तालाबन्दी नखुल्दा सप्तरीको खडक नगरपालिका–८ स्थित पूर्वाञ्चल पोल्ट्रीमा कुखुरा धमाधम मर्न थालेका छन् । पोल्ट्रीबाट निस्कने फोहरमैलाका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले गत जेठ २१ गतेदेखि मूलगेटमा तालाबन्दी गरेका थिए । जिल्लाकै ठूलो उक्त पोल्ट्रीमा तालाबन्दीपछि कुखुरा मर्नुका साथै अण्डा सङ्कलन कार्यसमेत ठप्प भएको छ । दैनिक […]
एकैदिन तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, जेठ ३१ । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन प्रतितोला तीन सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार थप १८ सय रुपैयाँले घटेर ९७ हजार एक सय रुपैयाँमा झरेको जनाएको हो । यस्तै तेजाबी […]
एकैदिन तोलामा १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, जेठ २९ । सुनको मूल्य आज एकैदिन प्रतितोला १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको भाउ शुक्रबारको तुलनामा १५ सय रुपैयाँले बढेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको […]

