चुडामणि शर्मा विशेष अदालतमा उपस्थित

काठमाडौं । कर फर्छ्यौट आयोगका सदस्य सचिव हुँदा भ्रष्टाचार गरेको आरोप लागेका निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा अर्बौं रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तत्कालिन आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोमबार उनको विशेष अदालतका सदस्यहरु […]

रुपन्देहीका घर बनाउने मजदूरको लडेर मृत्यु

बुटवल । रुपन्देहीमा एक मजदूरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ वनभुटानी निवासी ३० वर्षीय किसन चौधरी रहेको छ । उनी रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ पत्थरगंंजस्थित स्थानीय देवबहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने ३० वर्षीय किसन चौधरीको लडेर मृत्यु भएको हो । घरमा प्लास्टर गर्ने क्रममा अचानक बाँस भाँचिएर लड्दा गम्भीर घाइते […]

गुल्मीमा सात घरसहित वडा कार्यालय चोरी

गुल्मी । कालिगण्डकी गाउँपालिकामा आईतबार राती एकैपटक ७ घरमा चोरी भएको छ। कालिगण्डकी गाउँपालिका-१ हर्मिचौरमा रहेको वडा कार्यालयसहित गाउँका ७ घरमा चोरी भएको वडा अध्यक्ष थानिश्वर पाण्डेयले जानकारी दिए। पाण्डेयले गाउँका छोराबुहारी बाहिर गएको समयमा उनीहरुका कोठाहरु फोरेर चोरी गरिएको बताए। पाण्डेयका अनुसार वडा कार्यालयमा के कति सामान चोरी भयो भन्ने विवरण प्राप्त भएको छैन। […]

राष्ट्रियसभा बैठक सातादिनका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ । बजेटसँग सम्बन्धित दुई विधेयक पारित पारित गरेपछि बैठक एक सातासम्मका लागि स्थगित भएको हो । सोमबार प्रमुख प्रतिपवक्षी नेकपा एमालेको विरोधकाबीच राष्ट्रियसभाले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित ग¥यो । त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक असोज १७ गते दिउँसो १ बजेका लागि […]

एमसीसी संशोधन हुन सक्दैन : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले एमसीसीमा सहि छाप गरिसकिएको भन्दै संशोधन हुन नसक्ने बताएका हुन् । परराष्ट्रमन्त्री खड्काले भने, ‘सहि छाप गर्दा किन नहेरेको । एमसीसी परियोजना अनुदान हो । हामीले मागेको हो […]

आजदेखि अग्रिम टिकट बुकिङ

काठमाण्डौ । काठमाण्डौबाट दशैँमा घर जानको लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो। नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ वटा ‘टिकट काउन्टर’ थप गरेको […]