गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णुप्रसाद सुवेदी नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। सुवेदी यस अगाडि अन्नपूर्ण पोस्ट् अनलाइन संस्करणका सम्पादक थिए। संस्थानमा यसअघिका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले दिएको राजीनामा गत साउन १९ गते मन्त्रिपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको थियो। त्यसपछि खाली […]

लोसपाबाट प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल सर्वसम्मत चयन

जनकपुरधाम, १२ असोज । लोसपाको प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । सोमबार जनकपुरधाममा बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । बैठक सर्वसम्मत रुपमा सोनललाई दलको नेता चयन गरेको सांसद परमेश्वर साहले जानकारी दिए । संसदीय दलको नेता चयन गर्न सोमबार बिहानैदेखि बैठक बसेको थियो । पार्टी […]

परराष्ट्रमन्त्री खड्काले आज राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

अन्जना बिश्वकर्मा गुल्मी । परराष्ट्रमन्त्री नारायण खड्काले आज मंगलबार संयुक्त राष्ट्रसंघ (यूएन) को ७६औं महासभालाई सम्बोधन गर्ने भएका छन् । आज जनरल डिबेटको अन्तिम दिन नेपाललगायत अन्य एक दर्जन मुलुकका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

स्वकिय सचिवको बाईक कर छुटको निवेदन

विनोद मण्डल सिराहा । माओवादी केन्द्रकी प्रदेश सांसदले स्वकिय सचिवको बाइकको कर छुटको लागि निवेदन दिएकी छिन् । प्रदेश नं २ सप्तरीकी समानुपातिक सांसद प्रमिला यादवले आफ्ना स्वकिय सचिव चढने बाईक स ३ प ८८४८ नम्बरको बाइकको कर मिनाहा गरिदिन सिरहाको लहानमा रहेको यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी छिन् । उनको स्वकीय सचिब अशोक यादव […]

करेन्ट लागेर किसानको मृत्यु

बिनाेद मण्डल सिराहा । सिराहामा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा नवराजपुर गाउँपालिका वडा नम्बर -१ करमनियाका मेथी चौधरीका छन । नेपाल विद्युत प्राधिकरणको चरम लापरवाहीले किसानले कृषि मीटरको लागि फाराम भरेर दर्ता गरेतापनि समयमा मीटर जडान नहुँदा किसानहरु कतिपय अवस्थामा चोरेर हुकिङ गर्दा अकालमा ज्यान गुमाउनु पर्ने विबसता प्रति […]

लाउडस्पिकर जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

सप्तरी, ११ असोज । हर्न जोड्ने क्रममा करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका वडा नम्वर २ बेल्हामा सोमबार जितिया सम्बन्धी कार्यक्रमका लागि लाउडस्पिकर (हर्न) जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय २२ बर्षीय दिपेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेर […]

प्रदेश २ मा प्रहरी आफै तस्करीमा लागेपछि आईजीपीद्वारा अनुसन्धान टोली खटायो

सुभाष यादव सिराहा । प्रदेश २ का जिल्लाहरुमा प्रहरीकै मिलेमतोमा तस्करी गरेको भन्दै प्रहरी प्रधानकार्यालयले अनुगमन गर्न खटाएको छ । तस्करी बढेको भन्ने सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि दुईवटा टोली प्रदेश २ का जिल्लामा खटाएको हो । प्रहरी महानीरिक्षक शैलेश थापाले अनुगमनका लागि टोली खटाएको स्रोतको दावी छ । प्रहरी प्रधान कार्यालयको अपराध […]

३८ क्विन्टल सुन तस्करी मुद्दा : सरकारी वकिलको बहस सकियो, प्रतिरक्षा बहस सुरु

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दामा सरकार पक्षका कानुन व्यवसायीको बहस सकिएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा अन्तिम सुनुवाइ जारी रहेको मुद्दामा सोमबार सरकारी वकिलका तर्फबाट बहस सकिएको हो। फैसलाको चरणमा रहेको मुद्दाको अन्तिम सुनुवाइ आइतबारबाट सुरु भएको थियो। सरकारी […]

शर्मालाई ५० लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

विशेष अदालतको आदेश : चुडामणिलाई ५० लाख धरौटीमा रिहा काठमाडौ । राजस्व चुहावटको आरोप लागेका चुडामणि शर्मालाई विशेष अदाललते ५० लाख धरौटिमा रिहा गर्न आदेश दिएको छ। तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव रहेका शर्मालाई थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेको हो। न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको […]

अवतरण हुन नसकेको बुद्ध एयरको जहाजलाई काठमाडौंमा सकुशल अवतरण गराई ७३ यात्रुको ज्यान जोगाइयो ।

जितेश मण्डल असाेज ११ / काठमाडौं: विराटनगरमा अवतरण हुन नसकेको बुद्ध एयरको जहाजलाई काठमाडौंमा सकुशल अवतरण गराई ७३ यात्रुको ज्यान जोगाइयो । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी शेर्पाले । सोमबार काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरण […]